सिरहा, २६ भदौ । मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा मृत अवस्थामा फेला परेकी करिव २८ वर्षीया महिलाको परीचय खुलेको छ । पानीमा तैरिरहेको अवस्थामा हिजो विहिवार बेलुका भेटीएकी महिला सिरहाकै अरनामा गाउँ पालिका २ ब्रहम्पुरि निबासि २८ वर्षय रन्जना देबि यादब रहेको प्रहरीलेजनाएको छ ।
जितिया पर्वमा पोखरीमा नुहाउन गएको बेला डुबेको हुनसक्ने घटनास्थलका स्थानीयको भनाइ रहेको छ । तर, घटना भएको स्थान र उनको घर करिव २५ किलोमिटरको दुरीमा रहेकोले संकास्पद रहेको बताइन्छ ।
शव अहिले पोष्टमार्टमको लागि रामकुमार उमाप्र साद स्मारक अस्पताल लहान राखेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुप्रसाद जैसवालले बताए ।
मृतक रन्जनाको २ छोरा र एक छोरी रहेको बताइएको छ । उनको पतिको पनि ७ बर्ष अगाडि हत्या भएको बताइन्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।