मुकेश कुमार यादब सिरहा, २५ भदौ । “दलित वस्तिमा कोरोनाको कहर, यस्तै अवस्था रहे भोकै मर्नुपर्ने बाध्यता”रहेको शिर्षकको समाचार प्रकाशित भएकोे २४ घण्टा नवितिदै गोलबजारका स्थानिय युवाहरुले सन्चालन गरेको फुड बैँकका अभियन्ताहरुले आज राहत वितरण गरेरका छन । पूर्व–पश्चिम राजमार्गदेखि करिव ५ किलोमिटर उत्तर घुर्मिखोलाको किनार गोलबजार नगरपालीका १० धोवियाधारमा करिव ४० घर परिवारको सदाय (मुसहर) बस्तिे कोरोनाको कहरमा परेको गमक पोष्टमा समाचार प्रकाशित पश्चात गाउँमै पुगेर राहत वितरण गरेका हुन् ।

119177620_1467554983634855_1612770282808911671_n

दैनिक ज्यालादारीले जीवन धान्दैआएका यहाँका सदायहरु कोरोण भाईरसका कारण मुलुक नै लकडाउन भएपछि पछिल्लो ६ दिनदेखि मजदुरीगर्न कतै जान नपाउँदा उनीहरुको दैनिकी विचल्लिमा परेका वेला अति विपन्न एक सय घरपरिवारलाई राहत वितरण गरेका छ ।
हिजो गमक पोष्टले ‘दलित बस्तिमा कोरोनाको कहर, यस्तै अवस्था रहे भोकैले मर्ने अवस्था’ सिर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा दलितहरुको काम गुमेपछि हातमुख जोड्न नै समस्या परेको उनीहरुको यथार्थ पस्किएको छ ।
पछिल्लो ६ महिना देखिको लकडाउनले दैनिक जिविकोपार्जनमा समस्या भएका गोलबजार नपा १० धर्मपुरका सदाय समुदायलाई राहत प्रदान गरेको युवा व्यवसायी प्रविन साहले जानकारी दिए । उनलेभने, ‘हामी युवा व्यवसायीहरुले गरिव, मजदुरहरुलाई लक्षीतगरी गोलबजारमा हुनेले दिने नहुनेले लाने भनेर फूड बैंक स्थापना गरेका थियौं, तर हिजो गमक पोष्टमा समाचार देखेपछि गाउँसम्म पुग्न बाध्य भयौं ।’
अर्का युवा व्यवसायी जितेन्द्र कुमार यादवले समाचार पढीसकेपछि हाम्रो मन मानेन, त्यही भएर हामीले २४ घण्टा नवित्दै वस्तिमै पुगरेर राहत दिएको बताए ।

119106581_357572382104741_6789223958311329584_n उनीहरुले गाउँमा पुगेर धोवियाधारका ४० घर धर्मपुरका ६० सहित सय घरपरीवारलाई राहत स्वरुप चामल, दाल, नुन लगाएत खाद्यान्न समाग्री दिएको बताए ।
सिरहाको विभिन्न करिब चार सय स–साना टोल गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरुको बसोबास रहेको छ । यो समुदाय करिव ९८% प्रतिशत भुमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् ।

119142167_313498463082689_3826227146610422087_n