सिरहा, २५ भदौ । पानी तान्ने मोटरमा करेन्ट लागेर सिरहामा एक जनाएको मृत्यु भएको छ । बिष्णुपुर गाउँपालिका १ का ५५ वर्षिय गौरी यादवको खेतमा पानी पटाउन मोटर चलाउने क्रममा विद्युत सर्टभई करेन्ट लाग्दा मृत्यु भएको हो ।
विद्युतिय करेन्ट लागि अचेत भएका यादवलाई उपचारको लागि धनगढीमाईस्थित मेरीसिटी अस्पताल पुर्याएको भएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाएको छ ।
यादव गत स्थानीय तहको निर्वाचनमा बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बाट निर्वाचनमा तत्कालिन संघीय समाजबादि फोरमबाट वडा अध्यक्षमा प्रत्यासि उम्मेदवार थिए ।