काठमाडौं, २२ भदौ । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले गएको बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गरेको महाशाखाले जनाएको छ ।
यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो ।

भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सार डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको

महाशाखाले जनाएको छ ।
यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्ने बाटो खुलेको छ । यसले खेतियोग्य जमिनलाई फेरी घरेडीमा फेर्ने कामले तिव्रता पाउने अनुमान गरिएको छ ।