सिरहा, २२ भदौ : सिरहामा कोरोना सङ्क्रमणको कारण दुई दिनमा दुईजनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका सिराहाको मिर्चैया नगरपालिका ५ का ६२ र गोलबजार नगरपालीका ३ जमदका ७७ वर्षिय पुरुषको मृत्यु भएको हो ।
मिर्चैयाका ग्यास व्यवसायी समेत रहेका पुरुषको उपचारको क्रममा आइतबार राती जनकपुरको प्रादेशिक अस्पताल र अर्का गोलबजारका ७७ वर्षिय पुरुषको काठामाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए ।