रामभरोसी यादब/ सिरहा, २० भदौ । चोहर्वा सिरहा सडक अन्तर्गत नरहा गापा ५ मा भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ । चोहर्वाबाट सिरहा तर्फ गई रहेको नम्वर नभएको नयाँ (अन टेष्ट) मोटरसाइकल विग्रिएर रोकी राखएको ज. १ त. ४३२९ नम्वरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकलमा समार सिरहा ५ का १९ अमलेश महतो, २१ वर्षिय सुनिल सदाको मृत्यु भएको हो ।
दुर्घटनमा ३ जना गम्भिर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि लहान अस्पताल पुर्याएपनि २ जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाएते एकजनाको उपचार भईरहेको छ । शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको जनाएको छ ।