सिरहा, १४ भदौ । सिरहमा स्थानियतहहरुले नगरकैै लगानिमा भिटिएम खरिदगरि पिसिआर परिक्षणको दायरा बढाएपछि सामुदायी स्तरमै कारोना संक्रमन फैलिएको पाईएको छ । स्वास्थ्य कार्यालय सिरहाबाट आईरहेको भिटिएम अभाव हुन थालेपछि गोलबजार नगरपालीकाले आफ्नै लगानीमा स्वाव संकलन गर्ने भिटिएम खरिद गरी स्वाब संकलनको दायरा बढाएपछि सामुदायी स्तरमय संक्रमितहरु देखापर्न थालेका छन ।
नगरपालीकाले पहिलो चरणमा भदौ ५र८ गते कन्ट्याक्ट ट्रेसिङ्का र संक्रमण आशंकाको आधारमा सर्वसाधारण सहित गरिएको पीसिआर रिपोर्ट अनुसार गोलबजारमा मात्र १८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु गोलबजार नगरपालिका वडा नः२ बर्ष १८ पुरुष १ जना,वडा नं.३ बर्ष ३४ को पुरुष १ जना,वडा नं.४ बर्ष २८ को पुरुष १ जना, वडा नं ५ बर्ष १८ र बर्ष २० का २ जना,वडा नं ६ बर्ष १६ र २३ का महिला २ जना, २०,३५,५०,५४बर्षको ४ जना पुरुष गरि ६ जना, वडा नं. ७ बर्ष ५४ का महिला १ जना र बर्ष २८,२९,२९,३३ का ४ जना पुरुष गरि ५ जना , वडा नं.८ बर्ष ४२ का महिला १ जना , वडा नं ११ बर्ष ३२ का पुरुष १ जना गरि जम्मा १८ जना कोरोना संक्रमित पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले बताए ।

कुनै पनि सर्वसाधरण व्यक्तिलाई आफूलाई कोरोनाको लक्षण देखिएमा स्वास्थ्यशाखा वा क्वारेन्टाइन व्यवस्थापनसँग सम्पर्क गरेर स्वाव संकलन गराउन समेत प्रमुख कर्णले आग्रह गरेका छन । उनले ’पछिल्लो पटक कोरोना समुदाय स्तरमै देखिन थालेको छ, कुनै पनि व्यक्तिले आफूलाई संक्रमण आशंकालागेमा निःशुल्क जाँच गराउन सकिने जनाईएको छ ।
नगरपालीकाले मात्र अहिले सम्म ७ सय ५ जनाको पीसीआर परीक्षण गरेको र परीक्षण गरेकामध्ये ४८ जनामा कोरोना संक्रमण देखिएको कोरेन्टाईन व्यवस्थापक निरञ्जन शाक्यले जनाएको छ ।

कोरेना संक्रमित पिसिआर गराई निर्बाध रुपमा बाहिर निस्किने र थानिय तहको वेवास्ताको कारण लकडाउन प्रभावकारी हुन नस्कदा समुदायी स्तरमा कोरोना भाईरस संक्रमण बढनथालेपछि स्थानियहरु चिन्तित बनेका छन ।