सिरहा, १३ भदौ । कोरोना भाईरस (कोभिड १९) को संक्रमण समुदायस्तरमै देखिन थालेपछि गोलबजार नगरपालीकाले पीसीआर जाँच गर्ने दुई हजार भिटिएम आफ्नै लगानीमा खरिद जाँच सुरु गरेको छ । स्वास्थ्यकार्यालय सिरहाबाट आईरहेको भिटिएम अभाव हुन थालेपछि नगरपालीकाले आफ्नै लगानीमा स्वाव संकलन गर्ने भिटिएम खरिद गरी स्वाव संकलन गरि जाँच सुरु गरेको होे ।
जिल्ला सहित नरगरक्षेत्रमा पनि कोरोना संक्रमणका संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा संघ तथा प्रदेश सरकारबाट पछिल्लो पटक भिटिएम आउनै छाडेपछि आफैले स्वाव संकलन गर्ने उपकरण खरिद गरी परीक्षणको दायरालाई फराकिलो पार्न लागेको स्वास्थ्यशाखा प्रमुख सरोज कर्णले जानकारी दिए । अहिले प्रत्येक दुई देखि तीन दिनमा एक पटक स्वाव संकलन कार्य भईरहेको प्रमुख कर्णले जनाए ।
नगरपालीकाले पहिलो चरणमा गरेको स्वाव परीक्षणमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, क्वारेन टाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवासी, कन्ट्याक्ट ट्रेसिंगमा परेकाहरुको जाँच गरेको भएप्नि अहिले आफूलाई आशंका लागेका सवै सर्वसाधारणलाई परीक्षणको लागि अनुरोध गरेको छ ।
कुनै पनि सर्वसाधरण व्यक्तिलाई आफूलाई कोरोनामा हुने लक्षण देखिएमा स्वास्थ्यशाखा वा क्वारेन्टाइन व्यवस्थापनसँग सम्पर्क गरेर स्वाव संकलन गराउन समेत सकिने बताए । पछिल्लो पटक कोरोना समुदाय स्तरमै देखिन थालेको छ, कुनै पनि व्यक्तिले आफूलाई संक्रमण आशंकालागेमा निःशुल्क जाँच गराउन सकिने जनाईएको छ ।
नगरपालीकाले मात्र अहिले सम्म ७ सय ५ जनाको पीसीआर परीक्षण गरेको छ । परीक्षण गरेकामध्ये २३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये २ जना निको भएरु घर फर्किसकेको नगरपालीकाले जनाएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ ।
सिरहामा अहिलेसम्म ३ सय ८९ जना कोरोना संक्रमण भएका छन् । जसमध्ये २ सय ६६ जना उपचारपछि घर फर्किएका छन् भने १ सय १७ जना जिल्लाका विभिन्न आईसोलेशनमा उपचार भईरहेको छ । संक्रमित मध्ये जिल्लामा ६ जनाको मृत्यु भएको छ ।