सिरहा । सिराहाका कोरोना संक्रमित ५५ वर्षीय वृद्धको धरानमा मृत्यू सिरहा । सिराहाका एक कोरोना संक्रमितको उपचारको क्रममा बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा विहिवार राति मृत्यू भएको छ । मृत्यू हुनेमा सिराहा नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठान धरानको प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक भदौ ६ गते मेडिसिन वार्डमा भर्ना भएका उनको कोभिड(१९० अस्पतालमा मृत्यु भएको हो । उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो । मृतकको शव व्यवस्थापनका लागि आज सिरहा ल्याउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी प्रदिप राज कनेलले जनाएको छ ।