डा. सुरेश आचार्य नेपाली काँग्रेसको महाधिवेशन समयमा हुन नदिने र आफ्नो रणनीतिअनुसार पार्टी चलाउने खेलमा आन्तरिक रूपमा लाग्नेहरू असफल भएका छन् । महाधिवेशनका सन्दर्भमा बाधा विरोधमा उत्रेकाहरू पनि अब महाधिवेशनको तयारीमा जुट्न लागेका छन् । यसले महाधिवेशन नभएर फेरि सर्ने हो कि भन्ने आशङ्का समाप्त गरेको छ । सक्रिय सदस्यको विवाद अन्त्य भइसकेपछि पार्टी कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना र अनशनको अभिनय प्रारम्भ भएको थियो । अब यो मञ्चनको पनि पटाक्षेप भएको छ । उनीहरू कसको आडमा यो प्रदर्शन गर्दै थिए भन्ने पनि लुकेको थिएन । क्रियाशील सदस्यता विवाद समाधानसम्बन्धी प्रतिवेदन बुझ्न पुग्नु
चन्द्रदेव भट्ट अमेरिकी सेना बाहिरिएपछि अफगानिस्तानको राजनीतिमा तालिबानको पुनरागमनले त्यो क्षेत्रमा मात्र होइन, यसको तरंग र परकम्प लगभग चारै दिशातिर फैलिन गएको छ । दक्षिण एसियामा यसको असर नपर्ने कुरै भएन किनकि अफगानिस्तान सार्कको सदस्य राष्ट्र हो । यो आलेखमा अफगानिस्तानमा तालिबानको सत्तारोहणसँगै त्यसबाट पर्न जाने भूराजनीतिक असरका विषयमा छलफल गरिनेछ । कान्धहारदेखि कश्मीरसम्म सन् १९९४ मा अफगानिस्तानको दूरदराजमा रहेको मदरसामा ५० विद्यार्थीलाई राखेर मुल्ला ओमारसहित चार जनाले स्थापना गरेको संगठन तालिबान सन् १९९६ मा अफगानिस्तानमा सत्तामा आउँछ । सन् २००१ मा ट्वीन टावरमा आक्रमण भएप
डा. कुन्दन अर्याल भर्खरै नेपालको एक आमसञ्चार माध्यममा कार्टुनका नाममा छापिएको एउटा सामग्रीका विषयमा निकै आलोचना भयो । महिला शरीर र हाउभाउलाई चित्रमा उतारेर नेपाली राजनीतिको वर्तमान घटनाक्रम दर्शाउन खोज्नु असंवेदनशील व्यवहार नै थियो । त्यस्तो सामग्री तयार गरिनुको कारण पत्रकारमा युगचेतनाको अभाव नै हुनुपर्छ । तत्कालै सम्पादकले असावधानीवश भएको गल्ती मानेर क्षमायाचना गरेपछि आलोचनाको लहर थामियो । तर कार्टुन, क्यारिकेचर वा रेखाचित्रहरूको प्रस्तुतिका सन्दर्भमा आमसञ्चारका माध्यमहरूले बोध गर्नैपर्ने नैतिक दायित्वको विषय भने झन् टड्कारो भएर सतहमा आएको छ । कार्टुन वा क्यारिकेचरको सिर्जना र प्रकाशनक
प्रमोद अर्याल सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गर्दै स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हरेक स्थानीय तहको लक्ष्य हो । स्थानीय आर्थिक विकास समृद्धिको आधार र रणनीतिक कार्ययोजना हो । स्थानीय आर्थिक विकासका लागि आधारभूत संरचना तथा अनुकूल वातावरण बन्दै गरेको अवस्था भए तापनि पालिकाहरू स्थानीय आर्थिक विकासमा योजनाबद्ध रूपमा लागिपरेको अवस्था छैन । स्थानीय आर्थिक विकासका आधारहरू सहकारी संस्था, बेरोजगार जनशक्ति, ऊर्जा, बैङ्क तथा वित्तीय संस्थाको उपस्थिति, पहुँचमार्ग, अधिकारसम्पन्न स्थानीय तह, निर्वाचित स्थानीय जनप्रतिनिधि, उत्पा
पुष्करराज प्रसाई सार्वजनिक प्रशासनलाई विस्तृत अर्थमा लिँदा सरकारको नीतिको विकास, कार्यान्वयन र अध्ययन संयन्त्रका रूपमा लिने गरिन्छ । सार्वजनिक प्रशासन सरकारको संयन्त्रात्मक भूमिका निर्वाह गर्ने सङ्गठन भएकोले सार्वजनिक सेवा प्रवाह गर्ने नागरिक समाजलाई सबल बनाउने र सामाजिक न्याय गर्ने अङ्ग हो । निजामती सेवा, सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रलाई प्रायःजसो सन्दर्भमा समअर्थीको रूपमा लिने गरिन्छ । निजामती सेवा राजनीतिक कार्यकारिणीको दिशा निर्दिष्ट र स्थापित कानुनको अधिकार र शक्तिको आधारमा सञ्चालित हुन्छ भन्ने गरिन्छ । निजामती सेवा सरकारको व्यावसायिक र स्थायी संयन्त्र हो र कार
निकोला पोलिट गत सप्ताहान्त बाहिर बर्खे झरी पर्दै गर्दा मैले जलवायुसम्बन्धी अन्तरसरकारी समिति (आईपीसीसी) को बढ्दो भूमण्डलीय तापक्रमको प्रभावसम्बन्धी नयाँ प्रतिवेदन पढ्ने मौका पाएँ । जलवायु परिवर्तनको सबैभन्दा पूर्ण र तथ्यमा आधारित यो मूल्यांकनले महत्त्वाकांक्षी जलवायु कार्यबिनाको भविष्य कस्तो डरलाग्दो हुन्छ भन्ने विषयमा एउटा चित्र प्रस्तुत गरेको छ । संसारभरिका वैज्ञानिकहरू हामी मानिसले पृथ्वीमा पहिलेभन्दा तीव्र गतिमा भूमण्डलीय तापक्रम बढाइरहेका छौं भन्नेमा सहमत छन् । औसत तापक्रम प्रतिवर्ष कम्तीमा १.५ डिग्री सेल्सियसले बढिरहेको छ । य
खिमलाल देवकोटा यतिबेला विश्व राजनीति गम्भीर सङ्कटबाट गुज्रिएको छ । अमेरिका–चीनबीचको बढ्दो असमझदारी, चीन, रुस र अमेरिकाबीचको भ्याक्सिन प्रतिस्पर्धा एवं कोरोना सङ्क्रमणपश्चात्को अर्थतन्त्रको सङ्कटलाई समाधान गर्ने चुनौतीजस्ता विषयले चुलिएको विश्व राजनीतिको सङ्कट अफगानिस्तानमा पोखिएको छ । विश्व राजनीतिबाट प्रभावित नेपाली राजनीति भने झनै घरेलु राजनीतिक सङ्कटमा रुमल्लिएको छ । पार्टीका भेला, सम्मेलन, महाधिवेशन गर्ने वा नगर्ने, गर्न सक्ने वा नसक्नेजस्ता झिनामसिना विषयका कारणले पनि राजनीतिक पार्टीहरू एक प्रकारको सङ्कटबाट गुज्रेका छन् । यिनै विश्व राजनीति र नेपाली घरेलु राजनीतिको सङ्क्षिप्त
श्याम मैनाली नेपालमा राजनेताको खोजी गर्दैगर्दा यथार्थमा यस्ता नेताको अभाव देखिएको छ । हालसम्म राष्ट्रियता र दीर्घकालीन सोच, देशको स्वाभिमान, समृद्धि एवं राष्ट्रिय एकताका पक्षपातीलगायतका गुण भएका राजनेताको खोजी गर्दा लामो अन्तरालमा एक मात्र सत्पात्रको रूपमा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी कोइराला देखिनुभयो । उहाँमा देखिएका यस्ता सद्गुण अल्पअवधिको प्रधानमन्त्री रहँदा उहाँद्वारा सम्पादित कार्यको मूल्याङ्कनबाट गर्ने प्रयास गरिएको हो । राष्ट्रियता र स्वाभिमानदेशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षाका लागि बीपीले कसैसँग समझदारी गर्नुभएन । २०१६ जेठ १३ गते प्रधानमन्त्रीको पदभार ग्
आहुति केही वर्षदेखि थारू जातिसम्बद्ध संगठनहरूले भदौको सुरुआतमा कुनै न कुनै प्रकारको आन्दोलनको कार्यक्रम गर्दै आएका छन् । २०७२ भदौ ७ गते टीकापुर विद्रोहका क्रममा भएका अप्रत्याशित घटनालाई नियोजित अपराधको कोटिमा राखेर होइन, बरु राजनीतिक आन्दोलनको कोटिमा राखेर हेरियोस् र सो घटनामा फसाइएका निर्वाचित सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूलाई ससम्मान रिहा गरियोस् जस्ता मागहरू कार्यक्रममार्फत उठाउने गरिएका छन् । राज्य भने थारूको चीत्कारपूर्ण आवाजलाई सुन्नुको साटो, त्यस घटनाको अध्ययन गर्न गठित आयोगको प्रतिवेदनसमेत सार्वजनिक नगरी गजधम्म बसेको छ । जनयुद्ध, जनआन्दोलन र थारूलगायतका उत्पीड
सुशील बीके देशका संघीय मन्त्री राष्ट्रिय झन्डा हल्लाउँदै प्रहरी परिसरमा पुग्छन् र जातीय विभेदको आरोपमा हिरासतमा रहेकी महिलालाई सरकारी गाडीमा आफूसँगै राखेर हल्लाउँदै घरसम्म पुर्याइदिन्छन् । अघिल्लो सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले हाकाहाकी गरेको यो हेपाइले न्यायको आशामा बसेका दलित हेरेको हेर्यै हुन्छन् । अर्कातिर, केहीअघि गण्डकी प्रदेशमा मन्त्रीको सूचीबाट डोबाटे विश्वकर्माको नाम अपमानजनक तरिकाले काटिन्छ । राज्यसंरक्षित विभेदका नमुना हुन् यी । वर्ण र जात व्यवस्थामा आधारित छुवाछुतलाई कालान्तरमा शासकहरूले आफ्नो स्वार्थसिद्धिका लागि कानुन बनाएरै संस्थागत गरे
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved