डा. अतीन्द्र दाहाल बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्
झमकुमार विश्वकर्मा कोरोना भाइरस (सार्स)–कोभ–२) का कारण सिर्जित सङ्क्रामक रोग कोभिड–१९ लाई छिमेकी मुलुक चीनलगायत केही मुलुकले खोपको विकास गर्नुपूर्व नै नियन्त्रण गर्न सफल भएको देखिन्छ । नेपालको सन्दर्भमा भने यो रोगको प्रकोप मानवीय क्षतिका हिसाबले निकै महँगो साबित हुँदैछ । प्रारम्भिक चरणदेखि नै अर्थात् करिब १४ महिना अगाडि कोरोनाको सङ्क्रमण नेपालमा देखिनु पूर्वको तयारीमा पनि चुक्यौँ, त्यसपछिको रोकथाम तथा नियन्त्रण गर्ने सवालमा पनि चुक्यौँ । राज्यको उपल्लो तहमा गठित ‘कोभिड–१९ सङ्कट व्यवस्थपन केन्द्र (सीसीएमसी)’ ले यसको रोकथाम र नियन्त
गोविन्द पोखरेल हाम्रोमा पर्यावरणको छलफलका लागि वातावरण दिवस कुर्नुपर्थ्यो, कुरिन्थ्यो पनि । यसपालि भने जुन ५ लाई (विश्व वातावरण दिवस) लाई पर्खनु परेन । सरकारले मे २९ मा अध्यादेशबाट बजेट ल्यायो, यसको बुँदा नम्बर १९९ मा ‘व्यापार घाटा कम गर्न वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकास गरिनेछ’ उल्लेख छ । यो बुँदाको उद्देश्य हो— चुरे क्षेत्रको शोषण । यसै बुँदा सर्वत्र विरोध भइरहेको छ, वातावरण विषय राष्ट्रिय बहसको केन्द्रमा आइपुगेको छ । अब चुरेका ढुंगा, गिट्टि, बालुवा भारत निर्यात गर्न सजिलो भएको छ, जस कारण समग्र
काठमाडौँ — गणतन्त्र नेपालका प्रथम राष्ट्रपति एवं चुरे संरक्षण अभियानकर्मी रामवरण यादवले ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । यस्तो निर्णय गैरसंवैधानिक र अराष्ट्रिय हुनुका साथै तराई–मधेस र भावी सन्ततिमाथिको ठूलो अपराधसमेत रहेको उनको जिकिर छ । पूर्वराष्ट्रपति रामवरण यादव चुरेसम्बन्धी सरकारको पछिल्लो निर्णय र यसले पार्ने प्रभावबारे बिहीबार राष्ट्रपति रामवरण यादवसँग कान्तिपुरको लागि कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : अहिले सरकारले बजेटमार्फत गरेको ढुंगा, गिट्टी र बालुवाको निकासीला
रमेश भट्टराई ‘सहृदयी’ मानिस सहरमा बसेर जैविक (अर्गानिक) चीजको माग गर्छ । ताजा फलफूल, सागसब्जी खान खोज्छ तर सुविधा र अवसरका लागि फेरि सहरको मोहलाई पनि छोड्दैन । यसर्थ, मानिस विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दै छ । ‘सुविधा सहरको तर ग्रामीण जीवनशैलीको अपेक्षा’ नै अहिलेको सामाजिक परिवृत्त हो । कोरोना महामारीको यो अप्ठ्यारो अवस्थामा ‘गाउँ फर्क र बाँझो जमिनमा अन्न उमार’ भन्ने अभियानको खाँचो छ । यस विषयलाई ‘चिनौँ आफ्नोे माटो ः बनाऔँ आफ्नो देश’ भन्ने सरकारी नीति तथा कार्यक्रमको नाराले कृषियुग विकाससँग नातो गाँस्नुपर्छ । ‘बाँ
चन्द्रकिशोर संघीय सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमा ढुंगा, गिट्टी, बालुवा निकासी खोल्ने घोषणा गरेपछि, यसले चुरे क्षेत्रलाई मृत्युदण्ड दिएसरहको बुझाइ आमजनमा फैलिँदै छ । चुरे क्षेत्र हिमालयको उत्पत्तिका क्रममा निर्माण भएको हो । चुरेलाई नेपालका पहाडहरूमध्ये सबैभन्दा कान्छो पहाड भनिन्छ । भौगोलिक तथा सामाजिक रूपमा चुरे क्षेत्र तराई र महाभारतको सन्धि क्षेत्र हो । अधिकांश ठाउँमा तराई सकिएर उठेको पहिलो तथा महाभारतबाट ओर्लिंदा अन्तिम पहाडका रूपमा चुरे रहेको छ । दुवैलाई जोडे पनि केही स्थानमा महाभारत पर्वत शृंखला भित्री मधेस तथा दुनसँग जोडिएको छ । चुरेको भूगोलले आफ्नो वर
तिलक विश्वकर्मा २०६४ सालतिर एक अनुसन्धानका क्रममा सुर्खेत जाँदा नागरिकतामा ‘बिटालु’ थर लेखिएका केही व्यक्तिसँग भेट भयो। उनीहरूले दलित महिलासँग विवाह गरेका कारण आफूलाई बिटालु बनाइएको जानकारी दिए। त्यही दिनदेखि बिटालुहरूको ऐतिहासिक पृष्ठभूमि, पारिवारिक-सामाजिक सम्बन्ध, वर्तमान अवस्था र उनीहरू आफूलाई दलित वा गैरदलित के मान्छन् भन्नेबारे जिज्ञासा उत्पन्न भएको थियो। ब्रिटिश एकेडेमीको सहयोग तथा अक्सफोर्ड विश्वविद्यालयकोे इन्स्टिच्यूट अफ सोसल एन्ड कल्चरल एन्थ्रोपोलोजीको नेतृत्वमा ‘मर्यादाको खोजीमा दलितः नेपालको सुदूरपश्चिममा राज्य, समाज र स्थानीय परिचालन’ शीर
सीता घिमिरे वैदेशिक रोजगारीमा, विशेषतः खाडीमा रहेका नेपालीले स्वदेशमा आइपर्ने विपत्मा सघाउँदै आइरहेका छन् । २०७२ सालको विनाशकारी भूकम्प वा अन्य समय आइपरेका बाढीपहिरो तथा आगलागीमा उनीहरूले आफ्नो गाँस कटाएर सहयोग गरेको तथ्य सबैसामु छर्लंग छ । कोभिड–१९ महामारीमा भने व्यवस्थित रूपबाट गैरआवासीय नेपाली संघको अगुवाइमा साना–ठूला सबै कामदारले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानमार्फत ५६० सिलिन्डर अक्सिजन नेपाल पठाए । अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पनि पठाउने उनीहरूको अभियान जारी छ । खाडीका विभिन्न मुलुकमा रहेका नेपालीहरूले चन्दा उठाएर पठाएको अक्स
मोहन दाहाल नेपालको राजनीति फेरि एक पटक अदालत पुगेको छ । त्यसैले पुनः सबैको ध्यान छिनोफनो जनताले कि अदालतले गर्ने ? भन्ने विचार र व्यवहारबीच वादविवाद छ । राष्ट्रि«य राजनीतिलाई आजको यो अवस्थामा ल्याई पु-याउनमा को को जिम्मेवार छन् ? जवाफ बहुआयामिक हुन सक्तछ । तर सतहमा झ्वाट्ट देखिने परिदृश्य कस्तो छ भने राजनीतिक प्रश्नको जवाफ खोज्न प्रधानमन्त्री के.पी.शर्मा ओली जनताकहाँ जाँदै हुनुहुन्छ भने प्रतिपक्षीय गठबन्धन चाहिँ अदालततिर लागेको छ । गणीतिय रूपमा प्रतिपक्षीय गठबन्धनको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहनु भए जस्तो भान हुन्छ तर गठबन्धनको रणनीतिक र राजनीतिक नेतृत्
आहुती काठमाडौँ — पैसट्ठी वर्षअघि विक्रम संवत् २०१३ सालमा एक वर्षको समसुर मिया नामको बालकलाई आफन्त पर्ने श्रमिक महिलाले आजको पूर्वपश्चिम राजमार्गनजिकैको गाउँमा ल्याएर आफूसँगै राखिन् । समसुर मिया दस वर्षको हुँदा आफन्त महिलाको मृत्यु भयो । त्यसपछि समसुर त्यही घरमा बाल श्रमिकका रूपमा हुर्कियो जहाँ आफन्त महिलाले ल्याएकी थिइन् । त्यो परिवार हिन्दु ब्राह्मण थियो । पूर्वपश्चिम राजमार्ग बन्यो । विक्रम संवत् २००९ देखि सुरु भएको नागरिकता ऐन–२०२० हुँदै २०३२ मा संशोधन भयो । समसुर मियाका निम्ति नागरिकता जरुरी चीज नै थिएन । सत्ताइस वर्षको उमेरमा मियाको प्रेम गरिब जनजाति महिलासँग
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2024 - Gamakpost.com All rights reserved