गोलबजार, ३० कात्तिक। उद्योग व्यापार संघ गोलबजारको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राकेश गुप्ता प्यानलले १३ बुँदे  घोषणा तथा प्रतिबद्धता पत्र सर्वाजनिक गरेको छ। गुप्ता प्यानलले समग्र व्यावसायीक क्षेत्रको विकास, व्यसायहीको हक–हित संरक्षण एवम् सबल नेतृत्वको लागि आफ्नो प्यानलक चुनावमा आएको घोषणापत्रमा उल्लेख गरेको छ। 

उनीहरुले जारी गरेको घोषणापत्रमा ‘कर तथा प्रशासनिक सहजीकरण, सुरक्षित बजारकालागि सीसीटीभीको निगरानी, गुद्री बजार, पार्किङस्थल निर्माण र स्वच्छ बजार, सहुलियतपूर्ण बैंक कर्जा, बीमा र बैंक तथा वितिय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमर्लाइ व्यसायमुखी बनाउने,’ जारी घोषणपत्रमा उल्लेख गरिएको छ। 

गाउँ ब्लक जग्गा तथा अन्य समस्या समाधान गर्ने, संघको भवन स्तरोन्नती र आयआर्जनलाई जोड दिने, व्यवसायीक आकस्मिक कल्याणकारी कोष खडा गर्ने, व्यवसायीहरुको क्षमता विकासकोलागि तालिम तथा उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने, कृषि व्यापार, शीतभण्डार र महोत्सवको आयोजना गर्ने जस्ता योजनाहरु अगाडी सारेको छ। 

धमिनी मन्दिरको पर्यटन पवर्धन गर्न पहल गर्ने, पालिकाभित्रका विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने, जग्गादाता परिवारलाई उच्च सम्मान गर्ने, समस्याको पारदर्शी समाधान र उत्तरदायी संघ बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ। 

यस अघिका कार्यसमितिले पनि यस्तै बाचा गरेका थिए। जुन कार्यसमितिमा गुप्तासहित अहिले गुप्ता  प्यानलबाट पदाधिकारीमा उम्मेद्वार छन्।

b9141ec2-462e-467a-bc97-d7f2ee8fdfa4