सिरहा, ३० कात्तिक। उदाउँदो सूर्यलाई बिहान अर्घ्य दिंदै चारदिने छठ पर्व आज सकिएको छ। आइतबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठपर्व सकिएको हो।
तराई मधेशका पोखरी, तलाउ तथा नदी किनारमा व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
योसँगै लोकआस्थाको पर्व मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेशको महान चाडको उल्लास आनबाट सकिएको छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने जनविश्वास रही आएको छ।
तराई मधेशमामात्र महत्वकासाथ मनाईने यो पर्व पछिल्ला वर्षहरुमा देशका धेरैै ठाउँहरुमा मनाउने थालिएको छ।























