इस्लामवाद, ५ भदौ। इमरान खानका सहयोगीद्वारा पाकिस्तानी सेनासँग मेलमिलापको सम्भावनाबारे संकेत गरेका छन्।
कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएमा सेना वा सेना प्रमुख आसिम मुनिरसँग द्वन्द्वमा अब उत्रिने छैनन्। यो कुरा उनका एक निकटतम सहयोगीले बताएका हुन्। यस साता कानुनी प्रक्रियामा आएको सकारात्मक मोडपछि मुनिरले ‘मेलमिलापको हात’ बढाउन सक्ने सम्भावनालाई ती सहयोगीले औंल्याएका छन्।
पीटीआईका प्रवक्ता जुल्फिकार बुखारीले सेनासँग मेलमिलाप गर्न पार्टी इच्छुक रहेको भनी हालसम्मकै बलियो संकेत दिएका हुन्। यसबाट हालैको पाकिस्तानी राजनीतिक इतिहासकै सबैभन्दा तनावपूर्ण गतिरोधमध्येको एक सहज हुने सम्भावना देखिएको जानकारहरूले बताएका छन्।
पाकिस्तानको सर्वोच्च अदालतले खानलाई उपचारका लागि अस्पताल सार्न आदेश दिएलगत्तै आएको यो भनाइले उनको दल ‘पाकिस्तान तहरीक ए इन्साफ’ (पीटीआई) को दृष्टिकोणमा आएको महत्त्वपूर्ण परिवर्तनलाई संकेत गरेको देखिन्छ।
पीटीआईका समर्थकहरूले वर्षौंदेखि मुनिरविरुद्ध प्रदर्शन गर्दै आएका छन्। उनीहरू मुनिरलाई नै ती व्यक्तिका रूपमा हेर्छन् जसले सैन्य नेतृत्वसँगको मतभेदपछि सन् २०२३ मा खानलाई जेल पठाएका थिए। पूर्वक्रिकेटर खान स्वयंले मुनिरलाई मानसिक रूपमा अस्थिर व्यक्ति भनी टिप्पणीसमेत गरेका थिए।
तर, हालैको एक अन्तर्वार्तामा पीटीआईका प्रवक्ता तथा खानका सहयोगी जुल्फिकार बुखारीले सेनासँग मेलमिलाप गर्न पार्टी तयार रहेको बलियो संकेत दिएका हुन्। यसले हालैका दिनमा पाकिस्तानी राजनीतिक इतिहासकै सबैभन्दा तनावपूर्ण गतिरोधमध्ये एकलाई सहज बनाउन सक्ने सम्भावना देखाएको छ, यद्यपि खान स्वयंको चाहना पनि त्यही हो वा होइन भन्नेबारे भने अझै शंका कायमै छ।
(न्यूजकारखानाबाट)






















