काठमाडौं, ४ मंसिर। बिचौलिया इनम सापकोटाको फोन प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले अनधिकृत रूपमा नियन्त्रणमा लिएको विरोध गर्दै जेनजी समूहले शुक्रबार माइतीघरमा ‘ट्रान्सपरेन्सी मार्च’ आयोजना गरेका छन्।
सापकोटा पक्राउ परेपछि प्रहरीले बरामद गरेका उनका दुई मोबाइल फोन फरेन्सिक परीक्षणअघि कुमार बेनको निवासमा दुई दिनसम्म राखिएको र त्यस अवधिमा सामाजिक सञ्जाल चलाइएको तथा केही सन्देश मेटिएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार सार्वजनिक भएको थियो।
‘द रेड च्याप्टर’, ‘जेन–जी मुभमेन्ट नेपाल’ र ‘अल जेन–जी ग्रुप्स’ को संयुक्त आयोजनामा भएको मार्चमा सहभागीहरूले कुमार बेनविरुद्ध नाराबाजी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।
यसअघि जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले कुमार ब्यञ्जनकारविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीसमेत दिएका थिए।






















