मिर्चैया, ५ मंसिर। सिराहा प्रहरीले मिर्चैयाबाट एकैदिन ४ ग्रामभन्दा बढी प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगरसहित प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाले  मिर्चैया नगरपालिका ३ का २७ वर्षीय दिलिप कुमार मण्डल र २४ वर्षीय जितेन्द्र मण्डललाई ४ ग्राम १९ मिलिग्राम ब्राउनसुगरसहित सुक्रबार राति नियन्त्रणमा लिएको हो। 

प्रहरीले दिलिप कुमार मण्डलको भान्सा कोठामा तलासी गर्दा ३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगर फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

यसैगरी, जितेन्द्र मण्डलको घर खानतलासी गर्दा ५९० मिलिग्राम ब्राउनसगर फेला परेको प्रहरीको भनाई छ।  प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।