सिरहा, ३ मंसिर। सिरहा प्रहरीले ७ ग्रामभन्दाबढी प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्गत गोलबजार २ गागनखोला नजीकबट ७ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित धनगढीमाई नगरपालिका ८ कहिाका करिव २४ वर्षिय पारस यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.५ प्र. ६९६६ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकी चेकजाँच गर्दा उक्त परमाणको लागु पदार्थसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए। 

प्रहरीले यादवको साथबाट एक थान भिभो कम्पनीको समेत बरामद गरेको जनाएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।