फाईल फोटो।
जनकपुरधाम, ५ मंसिर। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेशसभाको सवैभन्दा ठूलो दलका संसदिय दलको नेताको हैसियतमा यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक संक्षिप्त प्रक्रियाका बीच डा. कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादवले सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन्।
संवैधानिक व्यवस्थाअनुसार धारा १६८ ९३० बमोजिम नियुक्त भएका मुख्यमन्त्री यादवले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
यादव बाराबाट प्रदेशसभामा निर्वाचित भएका हुन्। उनी दोस्रो पटक मुख्य मन्त्री बनेका हुन्। यस अघि उनी २०७९ पुस २९ गते मुख्य मन्त्री भएका थिए। उनले २०७९ पुस २९ गते देखि २०८१ जेठ २५ गते एक वर्ष १४६ दिन मुख्य मन्त्री सम्हालेका थिए।






















