गोलबजार, ४ मंसिर। नया नेतृत्व छनोटको लागि आज भएको उद्योग व्यापार संघ, गोलबजारको मतदान सकिएको छ। विहान करिव एक घण्टा ढिलोगरी सुरुभएको मतदान वेलुका ६ ः ३० बजे सम्पन्न भएको हो। 

ककुल १ हजार ६०३ मतदाता रहेको निर्वाचनमा १ हजार ४१६ मत खसेको निर्वाचन अधिकृत सुरेश साहले जानकारी दिए। जसमध्ये ५१६ महिला र ९००पुरुषले मदताले मतदान गरेका गरेको अधिकृत साहले जानकारी दिए। कुल मतदाताको ८८.३३ प्रतिशत हुन आउँछ। 

निर्वाचन अधिकृत साहका अनुसार मतदान केन्द्र ‘क’ मा ५१४, ‘ख’ मा ४८४ र ‘ग’ मा ४१८ मत खसेको छ। 

संघको अध्यक्ष पदका लागि महेश साह (कोक्वा) र राकेश गुप्ताले प्यानलसहित र सुशिल अग्रवालले एकल अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। साहलाई नेकपा एमाले, नेकपा, नेपाली काँग्रेसको एकपक्षसहितका दलहरुले समर्थन गरेका छन् भने गुप्तालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली काँग्रेसको एक पक्षले सहयोग गरेका छन्। 

मतगणणा आजै हुने भएको छ। खाना खाएपछिको उम्मेद्वारहरुसँगको छलफलपछि ११ बजे पछिबाट मतगणणा गर्ने गरी हामीले तयारी गरेका छौं।