सर्लाही, ९ साउन। सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख र मेकानिकल अधिकृतलाई ८ लाख २१ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलिले शुक्रबार र साँझ प्रमुख अनुपमा ढकाल र तुलाकान्त चौधरीलाई उक्त रकमसहित क्वाटरबाट फत्राउ गरेका हुन्।

बागमती नगरपालिका १२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको उनले जानकारी दिए।

उनका अनुसार पल्स कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको माँग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेका थिए। सो क्रममा मेकानिकल अधिकृत चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वाटरमा पु¥याएका थिए।

घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

739214699_1014697564298610_5992641653437368250_n