सिरहा, ८ साउन। आज विहानैबाट सामाजिक सञ्जालमा सिरहा क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य बब्लु गुप्ताले मोटरसाइकलको पछाडी उभिएर फोटो तथा भडिडियो खिच्दै गरेको दृस्य भाईरल भएको छ। सामाजिक सञ्जालमा भिडीयो सार्वजनिक भएलगदै उक्त दृस्यको विभिन्न प्रकारले आलोचना सुरुभयो।

सँगसँगै राष्ट्रिय स्तरका सञ्तनरानध्यमले समाचार पनि बनाए। यो घटनाक्रम यति छिटो छिटो विकशित भयो की सांसद गुप्ता आफै जरीवाना बुझाउन ट्रफिक कार्यालय पुगे। उनी ट्राफिक कार्यालयमा पुगेर जरीवाना बुझाएको दृश्यपनि अहिले सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ। यसको पनि मिस्रित खालको प्रतिकृया आईरहेको छ।
सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो कमजोरी महसुस गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका गर्दै उक्त कार्यका लागि ट्राफिक कार्यालयमा पुगेर जरिबाना तिरेका हुन्।
गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको छ।
आफ्नो आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका थिए। ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले लेखेका छन्।
उनले आफ्नो स्टाटसमा अगाडी लेखेका छन्। ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु।’
भिडियोमा सांसद गुप्तासँगै अन्यले युवाहरुले पनि हात छेडेर मोटरसाइकल कुदायको दृस्यमा देखिएको छ। यसले सार्वजनिक पद धारण गरेका व्यक्तिले अपनाउनुपर्ने संस्कारफन्दा फरक देखिएको जानकारहरु बताउँछन्।






















