लहान, ७ असार। सिरहाको लहान ३ मा प्रहरीले चलाएको गोलीलागि दुई जना लागुऔधष कारोवारी घाइते भएका छन्। लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले चलाएको गोली लागि सप्तरीको रुपनी गाउँपलिका १ रुपनी बजारका ४२ वर्षिय मो. नसिर र भारत बिहार राज्य जिल्ला मधुबनि थाना लदनियाँ जोगियाका २४ वर्षिय विद्यान्नद यादव घाइते भएको छ। 

584ff9d6-6c29-44b4-8897-316e113eb0c8

घाइते दुवै जनाको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। नसिरको बायाँ खुट्टाको घुडा मुनी र यादवको दायाँ खुट्टाको घुडामुनी गोली लागेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले नसिरको साथबाट १२३ ग्राम र यादवको सथबाट १२० ग्राम ब्राउन सुगर फेला परेको जनाएको छ।

लहान ३  हस्पिटल चौकमा लागु औषधको कारोबार भइरहेको भन्ने बिषेश सुचनाको अधारमा लागु औषध ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय लहानबाट खटीएको संयुक्त टोलिले दुई वटा मोटर साइकलमा संकास्पद अवस्थामा आएका ६ जना व्यक्तिहरुलाई रोकी चेकजाँच गरेका थिए। सोही क्रममा  उनीहरु भागी प्रतिकार गर्न खोज्दा कोटेश्वरको टोलिले ७ राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए। 

गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएपनि बाँकी चारजनाको व्यक्तिगत विवरण आई नसकेको प्रहरले जनाए। प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ। 

727621670_1002146225553744_1256261286067024037_n (1)