सिरहा, ७ साउन। सिरहाको लहानस्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर उनीहरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये पाँच जना भारतीय र एक जना नेपाली रहेको पहरी स्रोतले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट दुई सय २५ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।
प्रहरीले चलाएको गोली एक भारतीय र एक नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णुप्रतिक वस्यालले लागु औषध नियन्त्रण गर्ने अपरेशन चलेको बताए। उनले अहिले घटनाको सम्पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको जनाए।





















