काठमाडौं, २६ जेठ। प्रधानमन्त्री बालेन शाह (बालेन)ले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।

प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरूङकै नाम र नवप्रवर्तन मन्त्रीका लागि स्वातन्त्त सांसद महावीर पुनको नाम सिफारिस जगरेका छन्। 

705521264_1588534663277540_4869241638790147670_n

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको पुष्टि गरे।

सम्पत्ति स्रोत विवादका कारण गुरूङ यसअघि २७ दिने गृहमन्त्री पदबाट राजिनामा दिएका थिए।  उनीमाथि छानबिन पनि भएको थियो।

छानबिन प्रतिवेदन आजै मन्त्रिपरिषदले ग्रहण गर्ने निर्णय गरेको छ। गुरूङ गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित भएका थिए।

स्वतन्त्र सांसद महावीर पुन म्याग्दीबाट निर्वाचित भएका थिए। सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा मन्त्री थिए।