सिरहा, २४ बैशाख। सिरहाको बरियारपट्टी छोटी भन्सार पुनः सञ्चालनको माँग गर्दै स्थानीय जनप्रतिनिधी तथा व्यसायीहरुले ज्ञापनपत्र बुझाएका छन्। लामो समयदेखि सञ्चालनमा रहेको छोटी भन्सारको स्तरोन्नती गर्नुकोसटो सरकाले बन्द गरेको भन्दै पुनः सञ्चालनको माँगसहित विहिवार अपरान्ह जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनत्र बुझाएका हुन्। 

भन्सार भन्द हँदा स्थानीय व्यापार व्यसाय, राजस्व संकलन तथा सीमा क्षेत्रको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने र राजश्व चुहावटमा समेत वृद्धि हुने ज्ञापनपत्रमा उल्लेख गरेको छ। 

स्थानीय व्यापार तथा आर्थिक गतिविधी वृद्धि गर्न, सरकारी राजस्व संकलन प्रभावकारी बनाउन, अवैध आयात–निर्याल नियन्त्रण गर्न, स्थानीय नागरिकलाई रोजागरी तथा सेवासुविधा उपलब्ध गराउन र सीमा क्षेत्रको सुरक्षा तथा व्यवस्थापनलाई सुदृढ बनाउन भन्सार कार्यालय सुचारु हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरीएको छ। 

कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा आक्रोशित जनप्रतिनिधी तथा स्वथानीय व्यसायीहरुले पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत बडियारपट्टी चौकमा करिव ५ कण्टा चक्का जाम गरेका प्रदर्शन थिए। 

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थिया। 

आन्दोलनरत पक्षले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माँग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। 

प्रदर्शनमा बडियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष साह, बजार व्यवस्थापन समिति अध्यक्ष अम्बे कुमार यादव, सुखीपुर उद्योग व्यापार समितिका सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत स्थानीय व्यवसीको सहभागिता थियो।

mount 2082 1