जनकपुरधाम, ८ बैशाख। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ सई सागर शमशेर जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ। आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनकै बदनाम गराउने मनसायले गलत कार्य गरेको ठहर गर्दै मधेस प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही प्रकृया अगाडी बढाएको हो।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका सहायक सूचनाअधिकारी एसपीले जारी गरेको प्रेस विज्ञप्तिमा बरिष्ठ सई जबराले एक व्यवसायीलाई आफैंले फोन गरी बनावटी कथा रचेर अडियो तयार पारेको उल्लेख गरेको छ। उक्त बनावटी अडियोलाई सार्वजनिक सञ्चार माध्यममार्फत प्रसारण गराएर प्रहरी संगठन र नेतृत्वको छवि धुमिल बनाउन खोजेको आरोप उनीमाथि छ।
प्रहरी आचरणविपरीतको यस्तो गम्भीर कार्य गरेको पाइएकाले उनलाई प्रहरी नियमावली २०७१ ९संशोधन सहित० बमोजिम निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको हो।
पछिल्लो केहिदिनदेखि व्यसायीसँग असुलि धन्दामा प्रदेश प्रहरी प्रमुखसमेतको संलग्नता रहेको आशयको अडियो सामाजिक सञ्जालमा छाएको छ।


















