सिरहा, ८ चैत। सिरहामा शुक्रवार र शनिवार परेको पानीले करोडौं मूल्यको काँचो इँटा गलेको छ। जिल्लाका विभिन्न ठाउँमा रहेका २० वटा भन्दा बढी इँटा उद्योगमा पकाउन तयारी पारिएको काँचो इँटा गल्दा व्यवसायीको ९ करोड भन्दा बढीको क्षेति भएको हो।

नेपाल इँटा भट्टा महासंघका सिरहाका अध्या तथा गणपति इँटा उद्योग गोलबजारका संचालक कृष्णा सिंहले जिल्लाका हाल सञ्चालनमा रहेका २० भन्दा बढी इँटा उद्योगका एक करोडभन्दा बढी इँटा पालिले विगारेको बताए। उनले भने, ‘अहिले जिल्लामा २० वटा इँटा उद्योग सञ्चालनमा छ, प्रत्यक उद्योगमा ४ देखि ६ लाखसम्म इँटा गलेको छ। यसको सामान्य हिसाव निकाल्दा पनि करिव ३ कारोड रुपैयाँको इँटा नोक्सान भएको छ।’
गोलबजार ६ कै श्री सागर इँटा उद्योगमामात्र करिव ६ लाख इँटा गलेको प्रदेश अध्यक्ष समेत रहेका सञ्चालन विक्रम साहले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेका सवैजसो उद्योगमा ठूलो क्षति भएको छ।
शुक्रवार र शनिवारको पानी जिल्लाभरी नै एकनासले परेकोहुँदा जिल्ला भरीकै इटाँ उद्योगहरुमा उत्तिकै क्षति पुगेको प्रदेश अध्यक्ष साहले जानकारी दिए।
एउटा काचो इँटा तयार पाक्नको लागि तयार पार्दासम्म ३ रुपैयाँ खर्च हुने गरेको व्यसायीहरु बताउँछन्। व्यवसायीहरुका अनुसार माटो, पानी, मेसीन, लेवरसमेत गर्दा एउटा काचो इँटा तयार पार्न ३ रुपैयाँ खर्च हुने गरेको छ। अहिले पानीले भिजाएर कामै नलाग्ने बनेपछि आफूहरु ठूलो मर्कामा परेको व्यसायीहरुले दुखेसो पोखे।
व्यसायीहरुले राज्यले करमात्र असुल्ने गरेको गुनासो गर्दै आफ्नो उत्पादनको पनि संरक्षण गर्नुपर्ने माँग गरेका छन्।






















