राजविराज, २४ फागुन। प्रतिनिधी सभा सदस्य निर्वाचनमा सप्तरी २ बाट भारीमतान्तरले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई
पछि पार्दै रास्वपाका रामजी यादव विजयी भएका छन्।
आइतबार सार्वजनिक नतिजाअनुसार उक्त क्षेत्रबाट रास्वपाका ३० वर्षिय रामजी यादव २८ हजार ४०४ मत ल्याउँदै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी जसपाका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउँदा जनमत पार्टीका अध्यक्ष सीके राउतले ९ हजार ८८० मत मात्र पाउँदै तेस्रो स्थानमा सीमित भएका हुन्।
२०७९ को निर्वाचनमा यहिक्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पछिपार्दै राउत भारी मतान्तरले विजयी भएका थिए। त्यसवेला राउले ३५ हजार ४२ मतसहित विजयी हुँदा यादव १६ हजार ९७९ मत प्राप्त गर्दै दोस्रो स्थानमा थिए।





















