ज्ञान कुमार राय

सिरहा, २४ फागुन। प्रतिनिधीसभा निर्वाचन २०८२ मा सिरहा क्षेत्रनम्वर तिनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार ३२ हजार २४९ मत प्राप्त गर्दै यादव विजयी भएका हुन्। 

निकटतम प्रतिस्पर्धी एमालेका लिलानाथ श्रेष्ठले १० हजार १५६ पाउँदा नेकपाका विश्वनाथ साहले ९ हजार ९४२ र काँग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८७९ मत प्राप्त गरेको सिरहा जिल्लाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिए। 

कुल  १ लाख १९ हजार २५० मतदाता रहेकोमा ७६ हजार ४३० मतदान भएको थियो। यसक्षेत्रबाट १२ दलसहित ४१ जनाले उम्मेवारी दिएका थिए।