ज्ञान कुमार राय
सिरहा, २३ फागुन। प्रतिनिधीसभा निर्वाचनमा सिरहा क्षेत्र नम्वर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिवशंकर यादव करिव २७ हजार मतान्तरले निर्वाचित भएका छन्। नेपाली काँग्रेसका रामचन्द्र यादवलाई २६ हजार ७४७ मतको फाराकिलो मतान्तरले शिवशंकर विजयी भएको हो।
शिवशंकर यादव ३९ हजार ५६१ मत प्राप्त गर्दै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धि नेपाली काँग्रसका रामचन्द्र यादवले १२ हाजार ८१४ मत प्रात गरेका छन्। नेकपा एमालेका नवीन कुमार यादवले ६ हाजार ७१३ र नेपाली कम्यूनिष्ट पार्टीका मुक्तिनारायण सिंहले ३ हजार ६ सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए।
३० वर्षिय यादव यहि क्षेत्र अन्तर्गत सुखिपुर नगरपालिका २ विद्यानगरका स्थायी बासीन्दा हुन्। स्नातक सम्मका अध्येयन गरेका यादव गत भदौको जेएनजी आन्दोलमा सक्रिय थिए। उनी स्थानीय रुपमा समाजसेवीको रुपमा चिनिन्छन्।
यस अघि पनि उनले २०७९ को निर्वाचनमा प्रतिनिधीसभाको निर्वाचनमा उम्मेदवारी दिएका थिए। त्यसवेला उनी ६९९ मत प्राप्त गर्दै पाँचौ स्थानमा थिए।
यस क्षेत्रमा ३९ हजार ३९० महिला, ३३ हजार ७८३ पुरुष र २ अन्य सहित ७३ हजार १७५ मतदान भएको थियो। यस क्षेत्रमा जम्मा १ लाख १५ हजार ७६० मतदाता रहेका छन्।





















