जनकपुरधाम, २३ फागुन। धनुषा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा निर्वाचित भएका छन्। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई २७ हजार मतान्तरले पछि पार्दै झा निर्वाचित भएका हुन्। 

रास्वपाका प्रवक्तासमेत रहेका झाले कुल ४३ हजार १४२ मत प्राप्त गर्दै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेता निधिले १५ हजार ९९२ मत प्राप्त गरेका छन्। 

नेकपा एमालेका जुलीकुमार महतोले ९ हजार ५१० प्राप्त गरेका छन्। महतो यसक्षेत्रबाट यसअघि निर्वाचित भएका थिए।