काठमाडौं, २२ फागुन। काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्। यहाँ रास्वपाका राजुनाथ पाण्डे निर्वाचित भएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन्। पाण्डे काठमाडौं महानगरपालिकाका पूर्व प्रहरी प्रमुख हुन्। उनी महानगरका पूर्व मेयर बालेन्द्र शाहका विश्वास पात्रको रुपमा परिचित छन्।
उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन्। राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।
यसक्षेत्रमा नेपाली काँग्रेसले ६ हजार मतप्राप्त गर्दा नेकपा एमालेले ३ हजार ८१६ मत प्राप्त गरेका छन्।






















