काठमाडौं, २२ फागुन। रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मतान्तरसहित विजयी भएका हुन्।
अन्तिम मत परिणाम अनुसार दहालले १० हजार २४० मत ल्याएका छन्। यहाँ एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाएका छन्।
त्यसैगरी, कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्तगर्दा रास्वपाका लखन कुमार थापाले जम्मा ८१९ मत पाएका छन्।
रुकुमपूर्वमा जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो।






















