सिरहा, २२ फागुन। सिरहाको ४ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेको छ। मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार हालसम्म रास्वपाले अग्रता कायम गरेको हो।  

सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ताले ८५० मत प्राप्त गर्दा नेपाली काँग्रेसका सामसुन्दर चौधरीले १९६ र एमालेका रामाशंकर यादवले १२७ मत प्राप्त गरेको छ। 

सिरहा २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादवले १ हजार ४७१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका रामचन्द्र यादवले ३०७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ। त्यसैगरी, जनता समाजवादी पार्टीका संजीवकुमार यादवले ११८, नेपाली कम्यूनष्ट पार्टीका मुक्तिनारायण सिंहले ११६ र नेकपा एमालेका नवीनकुमार यादवले १०२, जनमत पार्टीका विनोकुमार यादवल ४६ मत प्राप्त गरेका छन्। 

सिरहा क्षेत्र नम्वर ३ मा पनि रास्वपाका उम्मेदवार शम्भुकुमार यादवले अग्रता सुरुवात गरेको छ। उनले १ हजार १७७ मत प्राप्त गर्दा नेपाली कम्यूनिष्ट पार्टीका विश्वनाथ साहले ८३३, नेकपा एमालेका लिलानाथ श्रेष्ठले ७७८, जसपाका असेश्वर यादवले ६८६ र नेपाली काँग्रेसका सुभाषचन्द्र यादवले ४३६ मत प्राप्त गरेका छन्। 

सिरहा क्षेत्र नम्वर ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अग्रता कायम गरेको छ। हासम्मको मत परिणाम अनुसार रास्वपाका उम्मेदवार तपेश्वर यादवले ४ हजार ३५५ मत प्राप्त गरेका छन्। 

उनलाई नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का अजयशंकर नायकले  १ हजार १४० मतसहित पछ्याई रहेका छन्।

जनमत पार्टीका वीरन्द्र प्रसाद महतोले ८८९ मत प्राप्तगर्दा, नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले ७१०, नेकपा एमालेका धर्मनाथ साहले ५०८ मत र जसपाका राजकीशोर यादवले ५४१ मत प्राप्त गरेका छन्।