ज्ञान कुमार राय

सिरहा, ३० पुस।  कुम्भिखाडी साना किसान कृषि सहकारी संस्थाको १३ औं वर्षिक साधारण सभा सम्पन्न भएको छ। जिल्लाको गोलबजार नगरपालिका २ मा रहेको सहकारीको एक समारोहविच आज वार्षिक साधारणसभा सम्पन्न भएको हो। 

सभामा सहकारीका शेयर सदस्यहरू, सञ्चालक समिति, लेखा समिति, कर्मचारीहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

76fabe3b-acb0-47ed-971a-2c0a47c98c89

साधारणसभामा सफलताको शुभकामना दिंदै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठले उत्पादनमा वृद्धि नभएसम्म हाम्रो विकास सम्भव नभएको बताए। उनले गुरुधामक्षेत्रमा विगतमा प्रतिनिधि सभाको सांसद कोषबाट कृषिको लागि ६ इन्चीको बोर्डिङ ६ वटा जडान गरिएको भएपनि कतिपय सञ्चालनमा नआएको सुनेको बताउँदै त्यसलाई सञ्चालन गर्न सहयोग गर्ने बताए। उनले साधारणसभा सफलताको शुभकामना दिँदै आउँदो दिनमा यस संस्थाले  सबै ऋणीहरूलाई समयमा ब्याजतिर्न संस्थालाई नाफातर्फ लैजान आग्रह गरे।

समयमा प्रमुख अतिथी उपस्थित नभएपछि सभाको उद्घ सहकारी संस्थाका अध्यक्ष सुकदेव सिंहले ब्यानर पढेर गरेका थिए। उनले साना किसानहरूको आर्थिक अवस्था सुदृढ गर्न सहकारीले खेलेको भूमिका उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन ल्याउने प्रतिबद्धता व्यक्त गरे।

सभामा  प्रगति प्रतिवेदन, आय–व्यय विवरण, लेखा परीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षका कार्ययोजना र बजेट प्रस्तुत गरिएको थियो। गत आर्थिक वर्षको तुल्नामा यस वर्ष संस्था घाटामा रहेको अध्यक्ष सिंहले बताए। 

प्रस्तुत प्रतिवेदनमाथि सहभागी शेयर सदस्यहरूले सक्रिय छलफल गर्दै विभिन्न सुझावहरू समेत दिएका थिए। छलफलका क्रममा सहकारीमार्फत किसानहरूलाई सहज ऋण सुविधा, कृषि सामग्रीमा सहुलियत तथा उत्पादनमूलक कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका वक्ताहरूले सहकारी संस्थाले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढ गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए। विशेषगरी साना तथा सीमान्त किसानहरूलाई संगठित गर्दै आत्मनिर्भर बनाउने सहकारीको प्रयास प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो।

साधारण सभामा संस्थाको नीति तथा नियम, सदस्य सेवा सुविधा, बचत तथा ऋण व्यवस्थापन र पारदर्शिताबारे पनि चर्चा गरिएको थियो। सहभागीहरूले सहकारीलाई अझ विश्वासिलो र उत्तरदायी बनाउँदै लैजान सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

अन्त्यमा, संस्थाले आगामी दिनमा कृषि प्रविधि विस्तार, किसान तालिम, उत्पादन, बजारिकरण तथा सहकारी सुदृढीकरणका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए।