'ब्याटल अफ गलवान' मा सलमान खानले अभिनय गरेका छन्
चीनमा भारतीय अभिनेता सलमान खानको नयाँ चलचित्र 'ब्याटल अफ गलवान' तथ्यपरक नभएको भन्दै विरोध हुन थालेको छ।
सरकारी स्वामित्वमा रहेको अङ्ग्रेजी दैनिक पत्रिका 'ग्लोबल टाइम्स'मा प्रकाशित एउटा लेखमा उक्त चलचित्रले तथ्य बङ्ग्याइएको आरोप लगाइएको छ।
सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच घातक सङ्घर्ष भएको थियो। उक्त घटनाक्रममा आधारित भई निर्माण गरिएको यो चलचित्र १७ एप्रिल २०२६ मा सार्वजनिक हुने बताइएको छ।
यो बलिवुड चलचित्रमा सलमान खान र चित्राङ्गदा सिंह मुख्य पात्र छन्। सलमान खानको जन्मदिनका अवसरमा यो साता २७ डिसेम्बरमा चलचित्रको टीजर सार्वजनिक भएको थियो।
मे २०२० मा दुई देशका सैनिकबीच पूर्वी लद्दाखको उत्तरी भेगमा झडप भएको थियो। त्यसमा दुवै देशका दर्जनौँ सैनिक घाइते भएका थिए।
त्यसपछि १५ जुनमा गलवान उपत्यकामा फेरि झडप भयो। उक्त घटना भएको भोलिपल्ट भारतीय सेनाले आफ्ना २० सैनिकको ज्यान गएको जनाएको थियो।
तर त्यस बेला चीनले आफ्नो पक्षमा हताहत भएका सैनिकहरूको सङ्ख्या सार्वजनिक गरेको थिएन।
तस्बिर स्रोत GETTY IMAGES
ग्लोबल टाइम्सको लेखमा के छ?
तस्बिर स्रोत,TAUSEEF MUSTAFA
ग्लोबल टाइम्सले मङ्गलवार 'ब्याटल अफ गलवान'मा तथ्य बङ्ग्याइएकाले विवाद उत्पन्न भएको आशयसहित लेख छापेको छ।
End of धेरै पढिएको"चिनियाँ दर्शकमाझ 'बजरङ्गी भाइजान'का मुख्य अभिनेताका रूपमा चिनिने सलमान खानलाई चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूले निकै साधारण कथावस्तु भएको र अतिशयपूर्ण भिजूअल इफेक्ट प्रयोग गरिएकाले अवास्तविक लाग्ने चलचित्रमा निकै अजेय देखिने पात्रको भूमिका निर्वाह गर्ने गरेकाले खिल्ली उडाउँछन्," उक्त लेखमा भनिएको छ।
"यो चलचित्रमा सलमान खान कर्नेल बिक्कुमाला सन्तोष बाबुको भूमिकामा छन्। सन् २०२० को गलवान उपत्यकाको सङ्घर्षमा उनले तथाकथित महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र त्यसले बलीवुडको ध्यानाकृष्ट गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।"
लेखमा एक चिनियाँ विशेषज्ञले भनेका छन्, "बलीवुड चलचित्रमा प्रायजसो मनोरञ्जनमा आधारित, भावनाले भरिएको कथा देखाइन्छ। तर बढाइचढाइ पेस गरिएको फिल्मी कथाले इतिहास पुनर्लेखन गर्न सक्दैन या चीनको सार्वभौम क्षेत्रको रक्षा गर्न पीएलएको सङ्कल्पलाई हल्लाउन सक्दैन।"
चीनले गलवान उपत्यकाको झडपमा आफ्नो पक्षमा कति सैनिक हताहत भए भनेर सार्वजनिक गरेन। तर केही महिनापछि फेब्रुअरी २०२१ मा चीनले उक्त घटनामा ज्यान गुमाउने चार सैनिकलाई मरणोपरान्त सम्मान गर्ने घोषणा गरेको थियो।
ग्लोबल टाइम्ससँग चीनका सैन्य विशेषज्ञ सङ जन्पिङले भनेका छन्, "राष्ट्रवादी भावना जगाउन भारतमा चलचित्र प्रयोग गर्नु नौलो कुरा होइन।"
उनले चलचित्रमा घटनालाई जति बढाइचढाइ गरेर वा नाटकीय रूपमा प्रस्तुत गरिए पनि गलवान उपत्यकामा भएको घटनाको वास्तविकता नफेरिने उनले बताएका छन्। उनले भारतले पहिला सीमा नाघेको र त्यसपछि चिनियाँ सैनिकहरूले कानुनसम्मत रूपमा चिनियाँ भूगागको प्रतिरक्षा गरेको दाबी गरेका छन्।
"कठिन भूगोलको पहाडी भूभागमा चिनियाँ सैनिकहरूले निरन्तर आफ्नो कर्तव्य निर्वाह गर्छन् अनि चुनौतीहरूसँग सङ्घर्ष गर्छन्। त्यसबाट सर्वसाधारणमा आत्मविश्वास बढ्छ। राष्ट्रिय इच्छाशक्ति र सैन्य भावनाको व्यावहारिक पहिचान देखाउने घटनाले चिनियाँ समाजमा ठूलो प्रभाव राख्ने गर्छ।"
गलवानबारे भारत र चीनका आआफ्नै दाबी

गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबी छ। तर भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ।
चीनको इन्स्टिट्यूट अफ इन्टरन्याशनल स्टडीजमा डिपार्टमन्ट अफ एशिया-प्यासिफिक स्टडीजका निर्देशक लेन चिएनशुएले ग्लोबल टाइम्ससँग भने, "फिल्मको कथावस्तु र [सार्वजनिक हुन लागेको] समय ठिक छैन। किनभने अहिले चीन-भारत सम्बन्ध सुधारोन्मुख छ र एकतर्फी कथा देखाउँदा त्यसले शत्रुताको भावना बढाउँछ।"
विभिन्न विज्ञलाई उद्धृत गरिएको उक्त लेखबारे भारतीय विदेश मन्त्रालयले कुनै टिप्पणी गरेको छैन।
गलवानमा भएको झडपबारे दुवै देशले आफ्नो क्षेत्रमा अतिक्रमण भएको दाबी गर्दै आएका छन्।
नाम उल्लेख नगरिएका 'सैन्य सूत्र'लाई उद्धृत दिँदै त्यस बेला भारतीय सरकारी समाचार सेवा 'प्रसार भारती न्यूज सर्भिसेज' ले ट्वीट गरेको थियो: "चीनको पीपल्स लिबरेशन आर्मीका ४५ जनाभन्दा धेरै जवान मारिएका छन्।"
"कर्नेल सन्तोष बाबूलाई १५ जुन २०२० मा आफ्नो टीमको नेतृत्व गर्न दिँदा अपरेशन 'स्नो लेपर्ड'का बेला शत्रुका निरीक्षण चौकी स्थापना गर्ने जिम्मेवारी दिइएको थियो। उनले त्यो काम पूरा गरेका थिए," उक्त पदकसँगको टिपोटमा भनिएको छ।
भारतीय पक्षले आफ्नो पोस्टको रक्षा गर्ने क्रममा उनी गम्भीर घाइते भएको र उनले मृत्यु नहुन्जेल आफ्नो टोलीको नेतृत्व गरेको जनाएको छ।
गलवान उपत्यकाको उक्त घटनापछि दुई देशको सम्बन्ध अझ बिग्रिएको थियो। अहिले केही महिनायता दुई देशको सम्बन्ध सामान्य हुने बाटोमा देखिएको छ।
भारतमा कस्तो चर्चा
'ब्याटल अफ गलवान' को टीजर शनिवार जारी भएपछि सामाजिक सञ्जालका भारतीय प्रयोगकर्ताहरूले त्यसबारे चर्चा गरेका छन्।
अहिलेसम्म उक्त चलचित्रको टीजरले यूट्यूबमा दुई करोडभन्दा बढी भ्यूज बटुलिसकेको छ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गलवान झडपलाई देशभक्तिसँग जोडेर हेरेका छन्। केहीले त्यसले चीनलाई विचलित पारिदिएको टिप्पणी गरेका छन्।
(बीबीसी नेपालीसेवाबाट)






















