सिरहा, २८ बैशाख। सिरहामा दुई अलग अलग गोलीहानी हत्या तथा घाइते बनाएको घटनामा भारतीय सुटरको प्रयोग भएको रहस्य खुलासा भएको छ। गत माघ १६ गते सिरहा नगरपालिका ७ स्थित बाँसघारीमा भएको गोलीहानी हत्या तथा औरही गाउँपालिका ५ जितिया मन्दिरमा भएको गोली प्रहार घटनामा भारतीय सुटरको प्रयोग भएको पाइएको हो।

जिल्ला प्रहरी कार्यालयले २०८२ माघ १६ मा सिरहा नगरपालिका ७ स्थित बाँसघारीमा वडा नम्बर १ का ४२ वर्षीय प्रेमनाथ यादवलाई भारतीय सुटर प्रयोगगरी हत्या गरिएको अनुसन्धानमा खुलेको छ। घटनाको मुख्य योजनाकार मृतककै छिमेकी सिरहा नगरपालिका १ का ५२ वर्षीय उपेन्द्र यादवलेको बयानबाट पनि भारतीय सुटर प्रयोग भएको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख बासुदेव पाठकले जानकारी दिए।
पारिवारिक कलहका कारण आफू पटक पटक आत्महत्या गर्ने सोचमा पुगेको उपेन्द्रलाई उद्धरीत गर्दै प्रहरीले सुनाए। अन्तिमा हत्या गर्ने सोचमा पुगेको र पचिल्लो पटक हत्या गराउने सोचमा पुगेको स्वकार गरेको प्रहरीको भनाई छ। चार वर्षदेखि पारिवारिक मनमुटावका कारण हत्याको योजना बनाएको उपेन्द्र नेपाली विचौलियाको सहयोगा भारतीय अपराधी सम्म पुगेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार सुटर र विचौलियाकोसमेत पहिचान भईसकेको छ। उनीहरुको पनि खोजी भईरहेको छ। भारतीय सुटरको भने पारीका प्रहरीको समन्वयमा खोजी भईरहेको जनाए।
प्रहरीले घटनाको अनुसन्धान गरेको प्रहरीले ८० जनासँग सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए। सिडिआर जाँच, सोधपुछ तथा घटना विवरण कागज, आशंका गरिएका ६ जनाको पोलिग्राफ टेष्टसमेत गरिएको एसपी पाठकले जानकारी दिए।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)बाट प्राविधिक बिज्ञसहितको टोलीको सहयोग, नेपाल प्रहरी प्रदेश कार्यालयको अनुसन्धान टोलिले समेत अनुसन्धानमा सहयोग गरेको एसपी पाटकले बताए। घटनामा एक भारतीय ‘सार्प सुटर’ र दुई नेपाली नागरिकको संलग्नता रहेको प्रहरीले जनाएको छ।
यादवको हत्या गर्न ३ लाख रुपैयाँमा सम्झौता भएको थियो। जसमध्ये एक लाख रुपैयाँ एडभान्ससमेत दिईएको थियो। दिनबाँकी लाख अझै दिन बाँकी रहेको अनुसन्धानको क्रममा खुलेको छ। उनी यसको समेत तनावमा रहेको प्रहरी बयानमा बताएको थियो। अभियुक्त उपेन्द्रलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ।
यसैगरी, २०८२ माघ ४ मा औरही गाउँपालिका ५ जितिया मन्दिरका पुजारी स्थानीय ५५ वर्षीय श्याम सुन्दर शर्मामाथि गोली प्रहार गर्ने सुटर पनि उही भारतीय रहेको प्रहरीको भनाई छ। मन्दिरभित्र सुतिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो। टाउको पछाडी गोली लागि गम्भीर घाइते भएका शर्माको विराटनगरमा उपचार गरी गोलि झिकिएको थियो। उपचार पछि उनको अवस्था सामान्य रहेको छ।
पारिवारीक कलहकै कारण स्थानीय ५५ वर्षीय हरि ठाकुरले शर्मामाथि भारतीय सुटर प्रयोगरी गोली हान्न लगाएका थिए। यस घटनामा भने ५० हजार रुपैयाँमा डिल भएको थियो। उनले सो बापतको रकम प्राप्त गरेको अनुसन्धानबाट खुलेको एसपी पाठकले बताए। उनलाई पनि जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
प्रेमनाथ यादवको हत्या घटनाको अनुसन्धान गर्दै जाँदा हरी ठाकुर संकाको घेरामा परेका थिए। तर, पछि घटनाले अर्कै मोड लिएपछि उनले शर्माको हत्या योजना बनाएको भन्ने खेलेको प्रहरीको भनाई छ।





















