काठमाडौं, ३० बैशाख। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महादिवेशन अगामी आसर ७, देखि ९ गतेसम्म चितवनमा हुने भएको छ। 

बुधबार बिहान काठमाडौँको बनस्थलीस्थि पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले प्रथम महाधिवेशनको मिति तय गरेको हो।

महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। रास्वपा बैठकमा महाधिवेशनसहितका विविध एजेण्डामा छलफल भएको छ। 

यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।

shrijana school 2083