सिरहा १ जेठ। आफूलाई पत्रकार बताउने मनोज मानव भनिने मनोज कुमार महतोले पत्रकारिताको आवरणमा गैरव्यवसायिक गतिविधी गरेको भन्दै पत्रकार महासंघले कार्वाहीको माँग गरेको छ। नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष तथा केन्द्रय सदस्य देवकुमार यादवसहित अन्य पदाधिकारी तथा सर्वसाधारण व्यक्तिलाई अनेक आक्षेप लगाउँदै भिडियो बनाएर चरित्र हत्या गरेको भन्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कार्वाहिको माँग गरेको हो।
महासंघका मधेश प्रदेश महासचिव शैलेन्द्र महतो कान्तिले आज जारी गरेको प्रस विज्ञप्तीमा पत्रकार यादवको नाम जोडेर यौनजन्य आरोपसहितको भिडियो बनाएर चरित्रत्र हत्या गर्न खोजेको उल्लेख गरिएको छ। शखाका विज्ञप्तीमा पत्रकारिताको आवरणमा मनोज मानवले एकपक्षीय, भ्रामक, अपुष्ट तथा अमर्यादित सामाग्री सम्पे्रेषण गरी व्यक्तिको निजी जीविन, पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र पेशागत मर्यादामाथि आँच पुग्ने कार्य गरेको उल्लेख गरेको छ।
‘कुनै व्यक्तिको सामाजिक प्रतिष्ठा, पेशागत इमान्दारीता तथा चरित्रमाथि प्रहार गर्नु केवल सामाजिक अपराध मात्र नभई कानुनी साशानकोसमेत उलङ्घन हो। महासंघ यस्ता गतिविधिको कडा शब्दमा निन्दा गर्दछ र यस घटनाको छानविनगरी दोषी उपर तत्काल कानुनी कारबाही अघि बढाउन सम्बन्धित कायसँग महासंघ माँग गर्दछ;’ विज्ञप्तीमा उल्लेख गरेको छ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र सिरहा जिल्ला शाखाले पनि कार्वाहीको माँग गर्दै आज विप्ती जारी गरेको छ।
सिरहा शाखाले पत्रकारिताको आवरणमा हुने गैरव्यवसायिक गतिविधिविरुद्ध अब कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ। साथै सम्बन्धित निकायसँग मनोज महतोलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माँग गरिएको छ।
प्रेस काउन्सिल नेपाललेसमेत मिति २०८३ वैशाख ३१ गते गरेको निर्णयमार्फत मनोज महतोले सञ्चालन गरेको Staronlinetv.com अनलाई पत्रिकालाई अवज्ञाकारी तथा कालोसूचीमा राखी सूचीकरणबाट हटाउन र प्रेस पास निलम्बनका लागि सिफारिस गरेको छ।
























