सिरहा, ९ भदौ। विश्व बन्धुत्व दिवसको अवसर पारेर ब्रम्ह कुमारी राजयोग सेवाकेन्द्रले सिरहाको गोलबजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। राजयोग सेवाकेन्द्रका पूर्व प्रमुख डा. प्रकाशमणि दादीजीको स्मृतिमा आयोजित ‘एक सय घण्टा एक लाख प्रिन्ट’ रक्तदान गर्ने कार्यक्रम अन्तर्गत सोमबार गोलबजारमा रक्दतान कार्यक्रमको आयोजना गरेको हो।
अभियान अन्तर्गत गोलबजारमा रक्तदान कार्यक्रममा ४६ प्रिन्ट रक्त संकलन भएको राजयोग सेवाकेन्द्रका युवा प्रभागका जनकपुर संयोजक बविन बस्नेतले जानकारी दिए। समाजमा अतुलनिय सेवा गर्ने सेवाभावसहित एक सय घण्टामा एक लाख प्रिन्ट रक्त संकलन गर्ने उदेश्य राखेर राजयोग सेवाकेन्द्रको समाज सेवा प्रभागले यो काम गरिरहेको बस्नेतले जानकारी दिए। उनले जनकपुर प्रभाग अन्तर्गत सिरहा, धनुषा, महोत्तरी, सर्लाही, उदयपुर र सिन्धुलीक्षेत्रबाट तीन दिनको अवधिमा ५ सय प्रिन्टभन्दा बढी रक्त संकलन भएको जानकारी दए।
यहि भदौ ६ गतेबाट नेपाल भारतसहित यसियाका विभिन्न देशहरुमा सय घण्टे अभियोन अन्तर्गत रक्तदान कार्यक्रम भईरहेको जनकपुर प्रभागकी श्रृजना दिदीले जानकारी दिए। उनले पहिलो दिनमात्रै ८५ हजार प्रिन्ट रक्त संकलन भएको जानकारी दिए। उनले भने, ‘अहिले मानिसहरु विभिन्न रोगहरुमा रक्त अभावका कारण मृत्युको मुखमा पुगिरहेको अवस्था छ। यसलाई मध्येनजर गर्दै राजयोग सेवाकेन्द्रले विश्वव्यापी रुपमा यो कार्यको आयोजना गरेको हो।’
विश्वबन्धुत्वको भाव र विश्व एकताको भावलाई जागृत गर्ने उद्देश्यले यो अभियानलाई सुरु गरिएको सृजना दिदीले बताइन्।
रक्तदान कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले चाहेरपनि सवैले दान गर्न नसक्ने यो दानमा सम्पूर्णलाई सहयोग गर्न अपिल गरे। उनले भने, ‘दान गर्ने पनि भाग्य नै लिएर आउनु पर्ने रहेछ, त्यसमा पनि रक्तदान झन सवैले गर्नै सक्दैन। त्यसैले यो महादानमा दिन मिल्नेहरु सवैलाई योगदान गर्न म अनुरोध गर्छु।’
सोही क्रममा रक्तदान गर्नेहरुलाई मन्त्रि यादवले सम्मान पत्र प्रदान गरेका थिए। महिलाहरुले उल्लेख्यमात्रामा रक्त दान गरेको बस्नेतले जानकारी दिए।
रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो।
भदौ ६ देखि ९ गतेसम्मको ४ दिनमा १ लाख युनिट रगत संकलन गर्ने लक्ष्यसहितको यो अभियान हालसम्मको सबैभन्दा ठूलो रक्तदान एवम् सकलन सम्बन्धी मानवीय प्रयासका रूपमा रहने बताइएको छ।