सिरहा, २३ साउन। घुस रकमसहित रङ्गेहात पक्राउ परेका सिरहा कल्याणपुर नगरपालिका नगर प्रमुख राम पुकार साह तेली विरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। नगरपालिकाको वडा नम्वर ६ मा पक्की नाला निर्माण उपभोक्ता समितिसँग गत असार ३२ गते एक लाख रुपैयाँ घुस लिएको रकमसहित पक्राउ परेका मेयर साह विरुद्ध शुक्रवार विशेष अदालतमा आरोपत्र दायर गरेको हो।

अनुसन्धानको सिलसिलामा घुस÷रिसवत माँग गरी लिएको पुष्टि भएको हुँदा प्रमुख साहमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख विगो कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौड्यालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको  छ। 

विज्ञप्तीमा, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुने मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।’ भन्ने उल्ले भएको छ। 

मेयर साहलाई गत असार ३२ गते उपभोक्तासँग लिएको एक लाख घुस रकमसहित कार्यकक्षबाटै अख्तियार दुरुपयो अनुसन्धान कार्यालय बर्दिवासको टोलिले नियन्त्रणमा लिएको थियो। 

shreejana school