सिरहा, ९ साउन। सिरहाको गोलबजारमा आफ्नै भाईको खुकुरी प्रहारबाट विहिवार राति दाईको मृत्यु भएको छ। गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाई ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।
श्याम र उनकी श्रीमति अन्दाजी १९ वर्षिय कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण झै–झगडाभई कुटपीट गर्न थालेपछि छुट्याउन पुगेका मोतिराममाथि खुकुरी प्रहार भएको स्थानियलाई उद्धरित गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोविन्द प्रसाद साहले जानकारी दिए।
खुकुरी प्रहारबाट छतिमा गम्भिर घाउलागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रदेशिक अस्पताल लहान पठाइएपनि अस्पतलले मृत घोषणा गरेको छ।
खुकुरी प्रहारगरी तत्काल जंगलतर्फ भागेका श्यामको रातीबाटै खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ।
शव पोष्ट मार्टमको लागि सोही अस्पतालमा राखिएको छ। ख्ुकुरी प्रहारगर्ने श्यामको खोजी भईरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ।
