सिरहा, ८ फागुन। नबराजपुर घटनाको उच्चस्तरीय छानविन समिति गठन गनुपर्ने मागसहित सिरहाका करिव दुई दर्जन सामाजिक संघ–संस्थाहरुले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। नबराजपुर गाउँपालिका १ भगवतीपुरमा बलात्कारपछि भएको शंकास्पद मृत्यु घटनाको छानविन गर्न उच्च स्तरीय टोली गठन गर्नुपर्ने माँगसहित आज जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको हो। 

a0f36b44-0af9-4fda-bf92-13a724a2c8af

सामुहिक बलात्कार तथा शंकास्पद हत्याको घटनामा संलग्न ३ जना युवकहरु र बलात्कार घटना दवाउन गाउँमै पञ्चायती गरी मिलाउ नेतृत्व गर्नेव्यक्तिहरुलाई तत्काल पक्राउगरी कानुनी कार्वाहीको दायरामा ल्याउनु पर्ने माँग गरेको छ। 

ज्ञापनपत्रमा पीडित परिवार अझैपनि निरन्तर धाक, धम्की, डर त्रास देखाइँदै आईरहेकोले त्काल भयरहि बातावरणमा गाउँमै वस्नसक्ने सुरक्षाको ग्यारेन्टि गर्नु पर्ने माँग गरेको छ। 

घटनापछि गाउा पुगेका प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टम लहान बाहिर गरिनु पर्ने माँगप्रति स्थानीय प्रहरीले आलटाल गर्दै मृत्युको तेस्रोदिनमात्र पोष्टमार्टमको लागि शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुले पनि प्रहरीको नियतमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ। 

बलात्कारमा संलग्न रुपेश मण्डल, चन्दन साह र रामविनय अझै फरार रहेका छन्। पञ्चहरु वडा सदस्य नथुनी साह, स्थानीय अगुवाहरु रामप्रित साह, रामकृषल मण्डल, रामपुकार मण्डलसहिका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माँग गरेको छ। 

घटनाको ११ दिन वितिसक्दा पनि प्रहरीले घटनामा संलग्नहरु र घटनालाई गाउँमै मिलाउन नेतृत्वगर्नेहरु कसैलाई पनि नियन्त्रणमा लिन नसक्नुले प्रहरीको नियतमाथि नै प्रश्न उठेको ज्ञापनपत्रमा उल्लेख गरेको छ। 

त्यसैगरी, गतमाघ २१ गते लहान नगरपालिका १४ बस्तिपुरस्थित माध्यमिक विद्यालमा कक्षा ९ मा अध्ययनरत तात्र १६ वर्षिय कृष्ण रामले जातिय विभेद खप्नु परेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ। परम्परादेखि विद्यालयको कक्षा ९ मा  अध्ययनरत प्रथम विद्यार्थी मार्फत सरस्वतीको पुजा गर्ने चलन रहेकोमा यस वर्षको पुजामा जातिय कारणले नै रामलाई पुजामा बस्न नदिएको घटनालाई जातीय विभेद बिरुद्धको हकको गम्भिर हनन भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ। 

उक्त ज्ञापनपत्रमा घटनाको विरुद्ध कानुनी उपचारमा जाने बातावरण निर्माण गर्नसमेत माँग गरेको छ।