आशिष विश्वकर्मा

सिरहा, ९ माघ। जिल्लामा कानुन विपरीत ग्राभेल, रोडा–ढुङ्गा उत्खनन गर्ने पालिका मध्येय धनढीमाई नगरपालिका पनि एक हो। पछिल्लो दुई आर्थिक २०८०/०८१ र ०८१/८२ को आजसम्म कुनै खोला खानी ठेक्का लागेको छैन। तर पनि यस पालिकाबा कानुन विपरीत निर्वाध रुपमा ग्राभेल, रोडाढुंगा उत्खनन, ढुवानी कार्य भईरहेको छ। 

2de832b5-3ef3-4eb3-ab21-ec2923c6f011

माफिया, जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा नै ग्राभेल उत्खनन् हुने गरेको स्थानीयको आरोप रहेको छ। सरोकारवाला निकायको व्यवहारले पनि उनीहरुको संलग्तालाई पुष्टि गरेको छ। 

विभिन्न सञ्चार माध्यम, व्यक्ति र नागरिक समूहबाट विरोध भएपछि नगरपालिकाले गत पुस १९ गते ‘अनाधिकृत रुपमा खानीहरुबाट ग्राभेल उत्खनन्, संकलन तथा ढुवानी कार्यमा रोक लगाइएको’ सूचना नै प्रकाशित गर्यो। 

36e8d0b9-db16-4e88-adf7-615c7ca87ff7

सूचना प्रकाशन गरेको दुई हप्ता नवित्तदै कानुनलाई नै चुनौति दिंदै वडा नम्वर ८ र १३ बाट हजारौं टिफर ग्राभेल उत्खनन भएको छ। उत्खनन् गरीएका ग्राभेल त्यहि रहेका आधारभु विद्यालय र सेन्ट जेभियर्स विद्यालयको वरपर थुपारेर राखिएका छन्। 

7e194726-13aa-4c25-83a8-e4dff161a3cc

नगरपालिकाले निकालेको सूचनाले पनि सन्देह पैदा गरेको छ। पलिकाले विरोध साम्य पार्न हो की? उत्खनन रोक्न हो भन्ने स्थानीयले छुट्याउन सकिरहेका छैनन्। नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘पहिला यसरी उत्खनन हुँदा वडा अध्यक्षहरु, अन्य पार्टीका नेताहरु, युवाहरुले आवाज उठाउथे। उता नगरपालिकाले सूचना निकाल्यो यता माफिया निर्धक रातभर ग्रभेल निकालिरहेका छन्। सवै तंै चुप मै चुपको अवस्थाको अवस्था छ। यसले सवैको मिलेमत्तो जाहेर हुन्छ।’

ग्राभेल माफियाले रातभर उत्खनन र ढुवानी गरेको सूचना वडा अध्यक्ष, नगर प्रमुख, प्रहरी सवैलाई स्थानीयले जानकारी गराउँदा पनि निगरानी नभएको स्थानीयको गुनासो छ। 

ग्राभेल जम्मा पारेर राखेको ठाउँ वडा नम्वर १३ का वडा अध्यक्ष सूर्यमान तामाङ्गको घरै नजिक छ। अझ उनकै जमिनमा माफियाले ग्राभेल थुपारेर राखेका छन्। यसको समेत पत्तो नभएको तामाङ्गले बताए। 

उनले भने, ‘म काम विशेषले पछिल्लो एक सातादेखि काठमाडौंमा छु। मलाई स्थानीयहरुले उत्खनन् गरेको सूचना दिएका थिए। त्यहि आधारमा मैले नगर प्रमुख, लहान, धनगढीमाई १२ का प्रहरीलाई समेत खवर गरें, तर उत्खनन् नरोकीएको साथीहरुले सूचना गर्दैछन्।’

वडा अध्यक्ष तामाङ्गले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहयोग मागेपनि उचित सहयोग नपाएको सुनाएँ। उनले थपे, ‘म आफै खुडा खुकुरी बोकेर रातभरी बसेर रोकीरहन सक्दिन, सरोकारबालासँग सहयोग माँगेकै हो कतैबाट उचित सहयोग मिलिरहेको छैन।’

तर, यस सम्वन्धमा नगर प्रमुख शिवशंकर महतोसँग जिज्ञासा राख्दा आफूलाई जानकारी नै नभएको बताए। उनले भने, ‘मलाई उत्खनन् गरेको विषयमा जानकारी छैन। केहि दिन अघि वडा अध्यक्षले फोन गरेर भन्नु भएको थियो मैले नगर प्रहरी पठाएकै हो।’

एक दुई ट्रिप हैन हजारौं ट्रिप उत्खनन् गरी जम्मा पारेर राखेको छ? नि भन्दा नगर प्रमुख महतोले, ‘त्यस्तो हो भने म तत्काल निरीक्षण गर्छु, डम्पिङ्ग गरिएको ग्राभेल जपफत गरी कानुन बमोजिम कार्वाही रजरीबाना हुन्छ।’

यसै क्षेत्रको शान्ति सुरक्षाको जिम्मा लिएर बसेका धनगढीमाई नपा १२ ठटीया प्रहरी चौकीका प्रमुखले आफूले सूचना पाएदेखि रात रातभर त्यहाँ डिउटी नै खटाएको दावि गरे। उसोभए हजारौं ट्रिप ग्राभेल त्यहाँ कसरी जम्मा भएत? भन्ने प्रश्नमा उनले फेरी उही कुरामात्र दोहर्याए ‘मैले टिउटी गरेकै छु।’

जनप्रतिनिधी र प्रहरीको भनाईले उनीहरु सवै पानीमाथिको ओभानो हुन खोजेकोमात्र प्रतित हुने स्थानीय बताउँछन्। माफियाका त्रासका कारण नाम समेत बताउन नचाहने स्थानीय भन्छन, ‘यहाँ विभिन्न दलका नेता, जनप्रतिनिधी, प्रहरी, प्रशासन, वेला बेला कुरा उठाउने युवाहरु सवैको मिलेमत्तो छ। अरु सवैत भन्ने कुरा न हुन्।’