बर्दिवास, ६ मंसिर। महोत्तरीमा हतियारधारी डाका समूहको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। डाका समूहको आक्रमणबाट मनराशिसवा नगरपालिका ४ साढाका ७० वर्षीय सुशिल झाको मृत्यु भएको हो।
डाका समूह झाको घरमा पसेर सुनको मंगलसुत्र र औठी लुटपाट गर्न खोज्दा झाले प्रतिकार गरेका थिए । प्रतिकार गरेका झालाई घाँटी थिचेर हत्या गरिएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए।
पत्नीसँग बस्दै आएका झाको घरमा ५÷७ जनाको समूहमा हातहतियारसहित आएका डाकाहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ।
डाका समूहले गहनासंगै ८० हजार नगद लुटेर लगेको छ। डाकाहरुको आक्रमणमा मृत्यु भएका झाको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लाने तयारी भईरहेको छ। डाकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।