गोलबजार, २७ कात्तिक। सिरहाको वन कर्मचारीले  गोलबजार नगरपालिका १० धर्मपुरबाट ९ थान सालको चिरान बरामद गरेको छ। सब डिभिजन वन कार्यालय गोलवजार चोहर्वाका वन अधिकृत मोहम्मद आविद हुसेनको कमाण्डमा खटिएको गस्ती टोलिले  मंगलबार साझ वेवारिसे अवस्थामा रहेको ९ थान  ९•३२ घन फुट काठ बरामद गरेको हो। 

काठ आउँदै छ भन्ने विशेष सूचनाको आधारमा आज विहानै देखि कर्मचारी परीचालन गरेर काठ बरामद गरेको अधिकृत हुसेनले बताए। उनले भने, ‘हामीले यहाँबाट काठ आउँछ गर्छ भन्ने सूचनाको आधारमा काम गरिरहेका थियौं, आज पनि काठ आउँछ भन्ने सूचनाको आधारमा कर्मचारी परिचालन गरेका थियौं; तस्करले सुइँको पाएर काठ फालेगर भागेको हुन सक्छ।’

अधिकृत हुसेनका अनुसार काठ साइँकलमा ल्याएको हुन सक्ने र वनको कर्मचारी आएको सूचना पाएर फालेर भागेको हुन सक्छ। 

टोलिमा डिभिजनल वन कार्यालय लहानका कर्मचारीहरु पनि रहेका थिए। 

उदयपुरको जङ्गलहुँदै धर्मपुरकोबाटो प्रयोग गरेर गोलबजार, नगरहाँ, मिर्चैया क्षेत्रका काठमिलहरुमा चिरान विक्रि हुने गरेको स्थानीयहरु बताउँछन्।