आशिष विश्वकर्मा

सिरहा ५ कार्तिक। सिरहाको गोलवजार नगरपालिकास्थित एक विद्यालयका शिक्षकलाई राजनितिक प्रभाव र पैसाको प्रलोभनमा नियम मिचेर सरुवा गरेको छ।गोलवजार २ सँग्रामपुर तेतरीयास्थित राम सुन्दर जनता आधारभुत विद्यालयका शिक्षक मोहन साहले शिक्षा शाखा र शिक्षा विकाश तथा समन्वय इकाई सिरहाका कर्मचारीलाई  प्रभावका पारेर विद्यालयबाट सरुवा सहमती नै नलिई सरुवा सिफरीस गरेको हो। 

सरुवा भएका शिक्षक साहले शिक्षा शाखा र शिक्षा विकाश तथा समन्वय इकाई सिरहाका कर्मचारीलाई प्रभावका पारेर नीयम मिचेर सरुवा सिफारिस गराएको विद्यालय व्यवस्थापन समितिको आरोप छ। 

कानुन मिचेर सरुवा भएका शिक्षक मोहन साहले नगर शिक्षा शाखा र शिक्षा समन्वय इकाईका कर्मचारीलाई प्रभावमा पारेर विद्यालयलाई जानकारी नै नगराई सरुवा गाराएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष संतोष साहले बताए। 

उनले भने, ‘शिक्षक सरुवा सम्वन्धि हामीलाई कुनै जानकारी नै छैन। शिक्षक र शिक्षा शाखाले विद्यालयलाई जानकारी नै नगराई नीयोजित तरीकाले शिक्षक सरुवा गर्नु कतै न कतै  सेटिङको गन्ध आउँछ। अन्यथा शिक्षा नियमावलीलाई लत्याउदै प्रकृया पुरै नगरी शिक्षक सरुवा किन गर्छ? यसमा बलमिचाई र आर्थिक तथा राजनीतिक चलखेल भएको छ। शिक्षक कमी रहेको वारम्वार जानकारी गराएपनि शिक्षक थप्नुको सट्टा भएको शिक्षक नै कटौती गरेपछि विद्यालयमा पठन–पाठनमा समेत सम्स्या हुन थालेको छ।’ 

विद्यालयका प्रधानाध्यापक पन्चु दासले ले पनि विद्यालयले कुनै शिक्षकलाई सरुवा सहमति नदिएको जिकिर गरे। उनले भने, ‘यहाँ विद्यालयमा शिक्षक अभाव हुदाँहुँदै मैले कसरी शिक्षक सरुवाको सहमती दिन्छु? विद्यालयले कुनै शिक्षकलाई त्यस्तो सरुवा सहमतिको सिफारिस गएको छैन।’    

प्रअ दासले शिक्षक साहले रमानाको लागि शिक्षा विकास तथा समन्वय इकाईको पत्र ल्याएर थमाएपछिमात्र आफूले सरुवा भएको भन्ने जानकारी पाएको बताए। 

शिक्षक सरुवा हुँदा रमाना भई जाने विद्यालय र नयाँ पदस्थानाहुने दुवै विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्छ।

गोलबजार २ संग्रामपुर तेतरीयाबाट नबराजपुर गाउँपालिका  १ को  आधारभुत विद्यालय सरुवा भएर गएका शिक्षक साहले पनि विद्यालयबाट सरुवाको कुनै सिफारिस नलिएको स्वीकार गरे। उनले भने, ‘मैले घरायसी समस्या देखाएर सरुवाको लागि विद्यालय व्यवस्थापन समितिलाई पटक–पटक अनुरोध गरे। उहाँहरुले सहमति दिन आनाकानी गर्नुभयो। सरुवाको अन्य बैकलपीक बाटोहरु पनि छन्। म माथिल्लो निकायबाट सहमति लिएर गएको हुँ।’ 

उनलाई दोहर्याएर तपाईंले विद्यालयबाट सरुवा सिफारिस ल्याउनु भएको छ? भन्दा उनले आफूले विद्यालयबाट कुनै सिफारिस नलिएको दोहर्याए। 

यता गोलबजार शिक्षा शाखा प्रमुख सुवोध कुमार लामाले भने विद्यालयको सिपफारिसकै आधारमा सवै प्रकृया पुरा गरेर सरुवा सिफारिस दिएको दावी गरे। उनले भने, ‘विद्यालयबाट आएको सिफारिसकै आधारमा आफूले माथिलो निकायमा सिफारिस गरेको हो, मैले कुनै प्रकृया मिचेर काम गरेको छैन।’

विद्यालयले कुनै सिपफारिस नै गरेको छैन भन्छ नी? भन्ने प्रश्नमा प्रमुख लामाले शिक्षक साहले अनुसुचि १७ फारम भरेर विद्यालयको छाप, प्रधानध्यापकको हस्ताक्षर भएको २०८१ बैशाख ३ गतेको पत्र लिएर आएका थिए। सोही पत्रको आधारमा शिक्षा समितिबाट निर्णय गराई २३ गते शाखाबाट सरुवा सिफारिस दिएका हौं।’

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिपक राज कलौनीसँग यस विषयमा जानकारी माँग्दा उनले आफू कार्यालय बाहिर रहेकाले काजजात नहेरेसम्म केही बताउन नसकिने जनाए। 

सिरहामा शिक्षक सरुवा गराएर जाँदा वा आउँदा आर्थिक लेनदन गर्नुपर्नेबाध्यता रहेको शिक्षकहरु चिया पसलमै खुलेयाम चर्चा गर्छन्।