सप्तरी, २२ असोज। सप्तरी प्रहरीले प्रतिवन्धित लागूऔषध गाँजा करिव १ सय किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चेकजाँचको क्रममा कंचनरूप नगरपालिका ७ बाट सिराहा भगवानपुर गाउँपालिका १ का ३६ वर्षीय चन्देश्वर चौधरी र सोही गाउँपालिका २ का ५६ वर्षीय राम दुलार यादव पक्राउ गरेको हो। 

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बिआर ०७ बिए ४५७८ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित चालक चन्देश्वर र गाडीमा सवार राम दुलारलाई पक्राउ गरेका जिल्ला पह्री कार्यालय सप्तरीले जनाएको छ। 

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।