काठमाडौं, २१, असोज। काठमाडौं प्रहरीले स्रोते नखुलेको नगद १९ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो  पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका ४ घर भई काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं महानगरपालिका २३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १४ कलंकीबाट साबित्रीलाई स्रोत नखुलको १५ लाख रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो। साथै थप अनुसन्धानको क्रममा साबित्री विगत १ वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताए पश्चात उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाई सुरेशको साथबाट थप ४ लाख रूपैयाँ फेला पारी उनलाई समेत पक्राउ गरेको हो। 

 उनीहरु न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्दै आएका प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।