सिरहा, २३ भदौ। सिरहा प्रहरीले कर्जन्हा नगपालिका ११ बाट आज थप दुई सय ९० केजीसहित तीन दिनमा पाँच क्विन्टलबढी प्रतिवन्धित लागु गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलको झाडीमा लुकाईराखेको अवस्थामा रहेको १९ पोका दुई क्विन्टल ९० केजी गाँजा बरामद गरेको हो। यसअघि गत शुक्रवार दुई क्विन्टल १७ केजी गाँजा बरामद गरेको थियो।
गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए।
डीएसपी बाखुले ठाउँ सार्न तस्करहरुले झाडीमा लुकाएको हुन सक्ने आशंका व्यक्त गरे।
उनले भने, ‘प्रहरीले ठाउँ एकीन भएको आशंकामा तस्करहरुले सामान सारेको हुन सक्छ। तर प्रहरी आउनसक्ने जानकारी पाएपछि झाडीमै छोडेर भागेको हुनसक्छ।’
उनले अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भईरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए।
प्रहरीले शुक्रवारका दिन गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखियालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
स्थानीय एक स्रोतका अनुसार यहाँ १० क्विन्टल गाँजा भित्रीयको छ। प्रहरीले शुक्रवार पक्राउपरेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।